अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या साढे २३ हजार नाघ्यो

0

काठमाडौँ, २ वैशाख । कोरोना भाइरसका कारण अमेरिकामा साढे २३ हजारभन्दा बढीको ज्यान गइसकेको छ । अघिल्लो साताको तुलनामा मृत्यु र संक्रमणका घटनामा कमी आए पनि उल्लेख्य रुपमा घट्न भने सकेको छैन ।

सोमबार मात्रै अमेरिकामा १ हजार ५१६ को मृत्यु कोरोना संक्रमणकै कारण भएको छ । यससँगै त्यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या २३ हजार ६२१ पुगेको छ । आइतबार पनि अमेरिकामा १ हजार ५२८ को ज्यान गएको थियो भने २७ हजार ४२१ नयाँ संक्रमित थपिएका थिए ।

याे समाचार तयार पार्दासम्म सोमबार अमेरिकामा २६ हजार ५६६ नयाँ संक्रमित देखा परेका छन् । यससँगै त्यहाँ कुल संक्रमितको संख्या ५ लाख ८६ हजार ८६६ पुगेको छ ।

अमेरिकाको सबैभन्दा बढी प्रभावित राज्य न्यूयोर्कमा मात्रै १० हजार भन्दा बढीको ज्यान गइसकेको छ । त्यहाँ सोमबार ६७१ को मृत्यु भएको छ । ६ हजार २४० नयाँ संक्रमित थपिएसँगै सो राज्यमा अहिलेसम्म कोरोना संक्रमितको संख्या १ लाख ९५ हजार ६५५ पुगेको छ ।

अर्को बढी प्रभावित राज्य न्यू जर्सीमा सोमबार ९३ जनाको मृत्यु भएसँगै कुल मृतक संख्या २ हजार ४४३ पुगेको छ । त्यहाँ हालसम्म ६४ हजार ५८४ जनामा संक्रमण देखिएको छ ।

हेर्नुहाेस् बढी प्रभावित १५ राज्यकाे अवस्था-

Leave A Reply

Your email address will not be published.