कीर्तिमानी पौडीबाज गौरिका भन्छिन्- ‘कोरोना संक्रमित मेरा पिता निको हुनुभयो’

0

काठमाडौं, ०२ बैशाख । नेपाली कीर्तिमानी पाैडीबाज गौरिका सिंहले आफ्नाे बाबु (पिता) कोरोना संक्रमण भएरपनि निको भएको बताएकी छन् ।

गौरिकाकी बाबु पारस सिंह बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस)मा कार्यरत डाक्टर हुन् । उनलाई विरामीहरुको उपचारको क्रममा कोराेना भाइरस संक्रमण भएको थियो । नयाँ वर्षकाे शुभकामना दिँदै गौरिकाले पनि भनेकी छन् -‘मेरो बाबुलाई २ साता अघि कोरोना भाइरसको लक्षण देखिएको थियो । तर अहिले निकाे हुनुभयाे ।’

कोरोना भाइरस संक्रमण भएका बाबु १४ दिन क्वारेन्टाइनमा बसेर उपचारपछि अहिले कोरोना मुक्त भएको गौरिकाले बताएकी छन् । गौरिकाले बाबु क्वारेन्टाइनमा रहेको बेला आफुलाई अत्यान्तै पीडा भएको तर अहिले निको भएको खबरले खुसी भएको प्रतिकृया दिएकी छन् ।

Leave A Reply

Your email address will not be published.