राति पैदल हिंडेकाहरुलाई रोकेर क्वारेन्टाइनमा राख्ने सरकारकाे निर्णय

0

काठमाडौं। रातिराति पैदलै हिंडेकाहरुलाई रोकेर क्वारेन्टाइनमा राख्ने सरकारले निर्णय गरेकाे बताइएकाे छ । सरकारले लकडाउनका बेला अलपत्र परेर रातिराति पैदलै घर जान हिंड्नेहरुलाई रोक्ने भएको हाे ।

काठमाडाैंबाट बाहिरिनेलाई प्रहरी परिचलान गरी रोक्ने निर्णय भएकाे बताइएकाे छ । अब जान नदिने र यसअघि हिंडेकाहरुलाई पनि जहाँ पुगेका छन् त्यहीं रोकेर क्वारेन्टाइनमा राख्ने निर्णय भएको हाे । अवस्था सामन्य भएपछि मात्र घर जान दिने निर्णय भएको बताइएकाे छ ।

Leave A Reply

Your email address will not be published.