अमेरिकामा २४ घण्टामै २४ सयको मृत्यु ! संक्रमित संख्या ६ लाख नाघ्यो, २६ हजारले गुमाए ज्यान

0

काठमाडौँ, ३ वैशाख । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड१९) को महामारी झन् भयावह बन्दै गएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्र २४ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना भाइरसका कारण मंगलबार (पछिल्लो २४ घण्टा) मा मात्रै २४ सय ७ जनाको मृत्यु भएको छ । एकै दिन कोरोनाबाट यति धेरै संख्यामा मृत्यु भएको यो नै पहिलो घटना हो । यसअघि अप्रिल ११ मा २ हजार ३५ जनाकाे मृत्यु भएकाे थियाे ।

पछिल्लो तथ्यांक अनुसार अमेरिकामा कुल संक्रमतिको संख्या ६ लाख १३ हजार ८८६ पुगेको छ । २६ हजार ९४५ नयाँ संक्रमित मंगलबार मात्र थपिएका छन् । त्यहाँ हालसम्म काेराेना संक्रमणका कारणा २६ हजार ४७ जनाको मृत्यु भइसकेको छ ।

सोमबार अमेरिकामा १ हजार ५१६ को मृत्यु कोरोना संक्रमणकै कारण भएको थियाे । आइतबार पनि अमेरिकामा १ हजार ५२८ को ज्यान गएको थियो । जुन त्यअघिका दिनहरूकाे भन्दा कम हाे । तर मंगलबार फेरि मृत्यु हुनेकाे संख्या ह्वात्तै बढेकाे वर्ल्डाेमिटर्सले तथ्यांकले देखाएकाे छ ।

काेराेनाबाट सबैभन्दा बढी प्रभावित राज्य न्यूयाेर्कमा मात्रै १० हजार ८३४ काे मृत्यु भइसकेकाे छ । त्यहाँ मंगलबार मात्र ७७८ जनाकाे मृत्यु भएकाे छ भने ७ हजार ५६८ नयाँ केस फेला परेका छन् । यससँगै न्यूयाेर्कमा कुल संक्रमितकाे संख्या २ लाख ३ हजार १२३ पुगेकाे छ । त्यहाँ सोमबार ६७१ को मृत्यु भएको थियाे ।

हेर्नुहाेस् बढी प्रभावित १५ राज्यकाे अवस्था-

Leave A Reply

Your email address will not be published.