लकडाउनको सदुपयोग गर्दै छोरा अरिनलाई डान्स सिकाउँदै अभिनेत्री माधुरी दीक्षित

0

एजेन्सी -बलिउडकी चर्चित अभिनेत्री माधुरी दीक्षित यतिबेला निकै चर्चामा रहेकी नायिका हुन् । उनलाई नचिन्ने सायद कमै होलान । आफ्नो छटटै पहिचान बनाउन सफल भएकी उनले बालापनमानै नृत्यका लागि तालिम लिएकी थिइन् ।

सानै उमेरमा पहिलो पटक आफ्नो प्रस्तुति देखाएकी उनले सानो उमेर मानै कला देखाएपछि उनकी आमाले उनलाई झनै प्रोत्साहित गर्ने गर्थिन हालै भने उनको एक भिडियो सामाजिक संजालमा निकै भाइरल भएको छ। उनले लकडाउनको सदुपयोग गर्दै उक्त भिडियो बनाएकी हुन् । भिडियोमा उनले छोरालाई डान्स सिकाउँदै गरेकी छिन् ।

यो लकडाउनको समयमा कति पय कलाकारहरुले मनोरन्जन दिइ रहेका छन् । भने कोहि सेलिब्रेटिले खाना पकाउन सिकाइ रहेका छन् । झंट हेर्दा दिक्षितले छोरोसँग आफ्नो डान्सको रिहर्सल गरिरहेको देखिन्छ । आफु सानै उमेरमा नृत्य सिकेकी उनि छोरालाई पनि यतिबेला डान्स सिकाएको भिडियो भाइरल भएको हो । जसमा छोरा अरिन तबला बजाइरहेका छन् ।

भने माधुरी घुङ्गुरु लगाएर नाँचिरहेकी छिन् ।उक्त भिडियो इन्स्टाग्राममा सेय गर्दै भनेकी छिन्, ‘ लकडाउनले हामीलाई यी सबै कामहरु गर्ने अवसर जुराइदिएको छ । तपाइहरु घरबाट बाहिर ननिस्कनु होला यो समय भनेको बान्चे र बचाउने समय हो ।

Leave A Reply

Your email address will not be published.