अमेरिकामा बस्दै आएकी अभिनेत्री सिपोरा गुरुङले लेखिन मनछुने स्टाटस-

0

काठमाडौं । अभिनेत्री तथा भलिबल खेलाडी सिपोरा गुरुङले अहिले नयाँ बर्षको उपलक्षमा शुभकामनासंगै कोरोना भाइरसको महामारीले विश्वलाई त्रसित बनाएको बेला आफु पनि असुरक्षित रहेको बताएकी छन् । उनि केही समयदेखि अमेरिका बस्दै आएकी छिन् । उनले आफु शक्तिशाली देशमा रहे पनि असुरक्षित महसुस भएको बताएकी छन् ।नयाँ वर्षको शुभकामनासहित उनले स्टाग्राममार्फत उनले लामो स्टोरी लेखेकी छैन,जुन यस्तो छ: नयाँ वर्षको शुभकामना !कोरोनाले नदुखेको ठाउँ संसारमा सायदै होला । आफू शक्तिशाली देशमा भएर पनि असुरक्षित अनुभूति गर्नु आफैँमा बिडम्बना हो ।

प्राकृतिक शक्तिका सामु मानव निर्मित शक्तिको केही चल्दो रहेनछ । जीवन रहे संसार रहन्छ । जीवनसँगै मानवताको रक्षका लागि जुटौँ । व्यक्तिगत स्वार्थबाट उठेर सिङ्गो मानव-सभ्यताको रक्षाका लागि लागौँ । हरेक विपत्तिहरूले एउटा न एउटा पाठ सिकाएर जान्छ । हामीले हाम्रो प्राचीन सभ्यतालाई भित्रैबाट स्पर्श गर्ने समय आएको छ । चिन्तालाई छाडेर संसारको हीत हुने चिन्तनमा लागौँ । नयाँ वर्ष २०७७ सँगै विश्वबाट कोरोना कहर सधैँको लागि दूर होओस् । सबै नेपाली आमाबुबा, दाजुभाइ-दिदीबहिनीहरूसँगै विश्वमानव समुदायमा शान्ति, समृद्धि र स्वस्थ जीवनको शतत् शुभकामना व्यक्त गर्दछु ।

Leave A Reply

Your email address will not be published.