सयौं जमातीहरु भारतबाट हिँडेरै नेपालको सुस्ता प्रवेश

0

परासी, बिश्वब्यापी रुपमा फैलिएको कोरोनाका कारण नेपालमा भन्दा पहिला भारतमा कोरोनाले गाँज्न थाल्यो अनि भारतले लकडान गरेपछि केही संक्रमित भारतीय र पाकिस्तानी नागरिकहरु रातारात नेपाल आएको नेपाली सुरक्षा निकायले जनाएको छ ।उनीहरु नेपाल सरकारले बनाएको निर्माण गरेको क्वारेन्टाइनमा नबसी बिभिन्न मस्जिदमा लुकेर यतिका दिनसम्म बसिरहँदा समेत नेपाल सरकार तथा गुप्तचर निकाय नै बेखबर देखिँदा झनै नेपालमा सन्त्रास बढेको छ । क्वारेन्टाइनमा बसेका भारतीय, पाकिस्तानी र इन्डोनेशियान जमातीहरुले नेपाली भाषा बोलेजस्तो गर्ने र नेपाली स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्ने तथा झुटो बयान दिइरहेका छन् ।

भारतको दिल्लीको निजामुद्दिनमा तवलिगी जमातीहरुको रिपोर्ट पोजेटीभ आएपछि चैत्र १९ गते नेपाल प्रवेश गर्नुअघि जमातीलाई भारतीय सुरक्षाकर्मीले रोक्ने प्रयास गरेपनि उनीहरुले ढुङगामुढा गरि नेपालतर्फ प्रवेश गरेको र त्यहाँबाट जगरनाथपुरका अध्यक्ष मुखिया सहितले १० वटा मोटरसाइकलको व्यवस्था गरि नेपाल प्रवेश गराएका थिए ।नेपाल प्रवेश गराइएका जमाती मध्ये अधिकांश भारतीय तथा केहि इन्डोनेशियाका र पाकिस्तानी समेत भएको सुरक्षा स्रोतले जनाएको छ । प्रदेश नम्वर २ का आन्तरिक मामिला मन्त्रालय स्रोतका अनुसार रौतहट, सप्तरी, सिराहामा गरि ३ सय ४९ जमातीहरु रहेको बताइएको छ ।

सुरक्षाकर्मीहरुले उनीहरुको खोजी शुरु गरेको बताइएको छ । केहि जमातीहरु सुनसरी र मोरङगमा पनि रहेको सुरक्षा स्रोतको दावी छ । भारतमा कोरोना संक्रमित प्रवेश गराउने षडयन्त्र गरेको आरोप सहित भारतीय मिडियामा अत्यन्तै प्रचारित मुखियाले लकडाउनका बेलामा नेपालमा गैर नेपालीलाई प्रवेश किन गराए भन्ने कुरा अहिले धेरैको चासो बिषय भएको छ । मुखियाको भूमिकालाई लिएर नेपाल सरकार बल्ल अनुसन्धानमा जुटेको बताइएको छ ।पर्साका प्रहरी उपरीक्षक गंगा पन्तका अनुसार प्रहरीले शनिबार राति नै वीरगन्जका केही स्थानहरुमा छापामारी गरेको छ ।

शंकास्पद स्थान रहेको छपकैंयाको मस्जिदमा छापामारी गरी २६ जना धर्म गुरुहरुलाई नियन्त्रणमा लिएर वीरगन्जको सिद्धार्थ माविमा रहेको क्वारेनटाइनमा राखिएको छ ।उनीहरु सबै भारतीय जमातीमा सहभागी रहेको बताइएको छ । भारतीय जमातीहरुमा कोरोना संक्रमण देखिएपछि तराईका जिल्लाहरुमा संत्रास फैलिएको छ । यस बिषयमा प्रहरीले अनुसन्धान शुरु गरेको छ । उनीहरुको यात्रा डायरी खोतल्ने प्रयासि भइरहेको पर्सा प्रहरीले जनाएको छ । नेपाल सरकारले अव २ नं प्रदेशका सिमावर्ती क्षेत्रमा रहेका मस्जिदमा मात्र होइन अन्य तराईका जिल्लाहरुमा पनि जमातीहरु प्रवेश गरेर बसेका हुनसक्ने सम्भावना बढेको छ ।

यता प्रदेश नं ५ का पश्चिम नवलपरासी, रुपन्देहीको भैरहवा, बुटवल, कपिलवस्तुको तौलिहवा, चन्द्रौटा, बाँकेको नेपालगञ्जसहित बर्दिया, कैलाली र कञ्चनपुरमा रहेका मस्जिदमा सयौं जमातीहरु लुकेर बसेका हुनसक्ने सम्भावना बढेकाले नेपाल सरकारले छापा हानेर अनुसन्धान गर्नुपर्ने देखिएको छ । प्रदेश नं ५, ६ र ७ का जिल्लाहरू भारतीय रेल सेवाबाट पनि सुगम र दिल्लीको तबलिकी निजामुद्दिनबाट समेत नजिक रहेको हुनाले उनीहरू नेपाल प्रवेश गरेको हुनसक्ने अनुमान गरिएको छ ।पर्साको एक अनलाइनले लेखे अनुसार यतिमखाना संचालन कमिटीका अलि अस्गर मदनी उर्फ कालानाग र जगरनाथपुरका अध्यक्ष मुखियाले सबै जमातीहरुको बस्ने खानेको बन्दोबस्ती गरेका थिए ।

विरामी भएर अस्पताल ल्याइएका जमातीहरुले भारतमा जस्तै नेपालको अस्पतालमा पनि असभ्य व्यवहार देखाएको अस्पताल प्रसासनले बताएको छ ।२४ मध्ये ३ जनालाई अस्पतालमा राखि बाँकी २१ जनालाई सिद्धार्थ स्कूलको क्वारेन्टाइनमा राखिएको छ। क्वारेन्टाइ नमा राखिएका उनीहरुले डाक्टर नर्स सहितका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई पनि थुकेको एवं अभद्र व्यवहार गरेको एक स्वास्थ्यकर्मीले बताए । अस्पतालमा रहेका जमातीका विरामीले जथाभावी हिड्ने, चापाकल चलाउने लगायतका व्यवहार गर्दै आएका थिए ।तीनजनामा कोरोना संक्रमण देखिभएपछि शनिवार राती देखि नै नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट मदन उपाध्यायले अस्पतालको ओपीडी बन्द गरेको सूचना निकालेका छन् ।

उनले विषम परिस्थितिमा आकस्मिक सेवा बाहेकका ओपिडी बन्द गरेको सूचना निकालेको बताए । वीरगन्ज नगरपालिकाले पनि तवलिगी जमातीहरुको उपचारमा संलग्न डाक्टर सहितका स्वास्थ्यकर्मीहरुलाई राख्नका लागि होटल कन्ट्री ईनमा व्यवस्था गरेका छन् ।कोरोनाको उपचार गर्ने स्वास्थ्यकर्मी पनि क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ ।कोरोनाको उपचार गर्ने स्वास्थ्यकर्मी पनि क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । तीनजना तवलिगी जमातीहरुको रिपोर्ट पोजेटीभ आएपछि उनीहरुसंगै वीरगञ्जको छपकैयाँस्थित श्रीराम हल अगाडिको मस्जिदमा बस्दै आएका अन्य २१ धर्म प्रचारकहरुलाई पनि क्वारेन्टाइनमा पठाइएको छ ।

भारतको दिल्लीमा रहेको निजामुद्दिन तब्लिकी जमातको सभाबाट भागेर सुस्ता छिरेका २ जनालाई स्थानीयले समातेर भारतीय प्रहरीलाई जिम्मा लगाएका छन् ।भारतबाट हिँडेर सुस्ताको बाटो नेपाल छिर्दै गरेका सुनसरी इनरुवा नगरपालिका कपडी बस्ने ६५ वर्षका अब्दुल मियाँ र सलामान मियाँ पक्राउ परेको स्थानीय अंगद यादवले जानकारी दिनुभयो । उनीहरु सभा सकिएको २१ दिनपछि भारतको महाराजगंजको करमिसवा हुँदै नेपालको सुस्ता आउँदै गर्दा सोमबार बिहान ६ बजे पक्राउ परेका हुन् ।सुस्ता गाउँपालिका ५ का वडाध्यक्ष प्रभुनाथ यादवको टोलीले उनीहरुलाई पक्राउ गरेर भारतीय सुरक्षाकर्मीलाई बुझाइदिएको यादवले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.