अपार्टमेन्टमा छायो खुशियाली: नायिका हमालले दिइन् सम्पुर्ण स्वास्थकर्मि, सुरक्षाकर्मीलाई धन्यवाद (भिडियो)

0

काठमाडौँ। काठमाडौंको पेप्सीकोलामा रहेको सनसिटी अपार्टमेन्टको ए ब्लगमा बस्ने एकै परिवारका दुई जनामा कोरोना संक्रमण भएपछि उक्त अपार्टमेन्टमा बस्नेहरु निक्कै चिन्तित थिए । चिन्तित मध्य एक चर्चित अभिनेत्री बेनिशा हमाल पनि हुन् ।

आफ्नै अपार्टमेन्टका सदस्यमा कोरोना भाइरस संक्रमण भएको खबर सुनेर चिन्तित बनेकी उनले आज भने खुशी साटेकी छिन । कारण संक्रमित बस्ने ए ब्लगमा रहेका सबैको र्यापिड टेस्ट नेगेटिभ आएको छ । ‘ब्लक जे’ मा आफ्नो परिवारसहित बस्दै आएकी बेनिशाले सामाजिक संजालमा भिडियो शेयर गर्दै खुशी बाँडेकी हुन् ।

बेनिशाले सम्पुर्ण स्वास्थकर्मि, सुरक्षाकर्मिलाई समेत हृदय देखि धन्यवाद दिएकी छिन । रिपोर्ट नेगेटिभ आएपछि अपार्टमेन्टमा देखिएको खुशियाली नायिका हमालले अपलोड गर्नुभएको भिडियोमा देख्न सकिन्छ।

स्थितिलाइ सामान्य बनाउनको निम्ति अहोरात्र खटिनुभएका सम्पुर्ण स्वास्थकर्मि, सुरक्षाकर्मि ,suncity परिसरभित्र रहनुभएका…

Posted by Benisha Hamal on Wednesday, April 15, 2020

Leave A Reply

Your email address will not be published.