भारतमा कोरोनाबाट ज्यान जानेको संख्या ४२२ पुग्यो, २४ घण्टामा मात्रै २९ जनाको मृत्यु

0

काठमाडौँ,बैशाख ४ – भारतमा कोरोना भाइरस तीब्र रुपमा फैलिइ रहेको छ । भारतमा कोरोनाबाट ज्यान जानेको संख्या दिनहुँ बढदै गएपछि भारत सरकारले लकडाउन पनि लम्बाएको छ ।

त्यस्तै भारतमा कोरोनाबाट ज्यान जाने मानिसको संख्या ४२२ पुगेको छ । बुधबारमात्रै ८३५ जनाभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् । भने २४ घण्टामा २९ जना संक्रमितले ज्यान गुमाएका छन् । भने त्यस्तै कोरोनाबाट संक्रमित भएका १४ सय ८८ जना भने उपचारपछि निको भएर घर फकिएका छन् ।

अन्य समाचार : दुबइबाट फर्केका झापाका एक युवामा‘एन्टीबडी पोजेटिभ’देखियो भद्रपुर, ४ वैशाख- प्रदेश नं १ मा ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) गरिएकामध्ये झापाको हल्दिबारी गाउँपालिकाका एक व्यक्तिमा ‘एन्टीबडी पोजेटिभ’ भेटिएको छ ।हल्दिबारी गाउँपालिकाका ६१ जनाको बुधबार आरडिटी गरिएकामा वडा नं २ का ३१ वर्षीय युवामा एन्टीबडी पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईँले बताउनुभयो ।

उहाँका अनुसार आरडिटीबाट पोजेटिभ देखिएका व्यक्तिसहित उनको परिवारका सात जनाको थ्रोट स्वाब सङ्कलन गरेर प्रयोगशाला (पिसीआर) परीक्षणका लागि विराटनगरस्थित प्रादेशिक अस्पताल पठाइएको छ । हल्दिबारीका अरु १४ जनाको समेत स्वाब परीक्षणका लागि पठाइएको छ ।

बुधबारसम्ममा प्रदेशका विभिन्न जिल्लामा ५५५ जनाको आरडिटी गरिएको छ । हल्दिबारीका एक व्यक्तिमा मात्र एन्टीबडी पोजेटिभ देखिएको हो । अरु सबै नमूनामा नेगेटिभ नतिजा आएको छ । प्रदेशमा हालसम्म कसैमा पनि कोरोना पोजेटिभ देखिएको छैन । प्रदेशभरिमा २८४ जनाको स्वाबको नमूना सङ्कलन भएकामा १८ जनाको नतिजा आज आउँदैछ । अरु २६६ जनाको परीक्षण नतिजा नेगेटिभ आइसकेको छ ।

प्रदेश नं १ सरकारले समुदायमा छिटो परीक्षणका लागि आरडिटी किट प्रयोगमा ल्याएको छ । किटबाट गरिएको परीक्षणमा शङ्का लागेमा प्रयोगशालामा पिसीआर टेस्ट गराउने व्यवस्था छ । पिसीआर टेस्टलाई मात्र कोरोना पत्ता लगाउने आधिकारिक जाँच मानिएको छ । झापामा एन्टीबडी पोजेटिभ भेटिएका व्यक्ति चैत ५ गते संयुक्त अरब इमिरेट्सको दुबईबाट घर फर्केका हुन् । उनको स्वास्थ्य अवस्था सामान्य छ । उनी शुरुदेखि नै होम क्वारेन्टाइनमा बसेका छन् । (रासस)

Leave A Reply

Your email address will not be published.