सुनसरीमा १२ बर्षिय श्रेष्ठले गरे देहत्याग

0

इटहरी । सुनसरीको रामधुनी ५ भमरी चोकका १२ बर्षिय उसव श्रेष्ठले आफ्नै घरमा देहत्याग गरेका छन् । उनले झु-ण्डि-एर देहत्याग गरेका हुन । १२ बर्षिय बालकले देहत्याग गरेको भन्दै छरछिमेकी अचम्मीत भएका छन । इलाका प्रहरी कार्यलय पकलीका इन्स्पेक्टर कैलाश अधिकारीले झु-ण्डि-एको अवस्थामा भेटेको बताए । के कारणले १२ बर्षको बच्चाले देहत्याग गर्यो यो विषयमा अनुसन्धान भईरहेको छ इन्स्पेक्टर अधिकारीले भने । उनको शवको पोष्टमार्टमको लागि अस्पताल पठाएको प्रहरीले जनाएको छ ।

त्यस्तै डोटीको दिपायल सिलगढी नगरपालिका–२ बगर भन्ने ठाउँमा गए राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार दुर्घटनामा परी सोही वडाका कैलाश बोगटीको आफ्नै ट्याक्टर पल्टिँदा निधन भएको हो ।

खुल्लेकबाट खाद्य सामग्री पु¥याएर दिपायल आउँदै गरेको से२त ३५४३ नंको उक्त ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । दुर्घटनामा परी निधन भएका चालकको श-व परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.