मलेसियामा कोरोना सङ्क्रमित एक नेपाली निको भएर काममा फर्किए

0

४ बैशाख २०७७, बिहीबार काठमाण्डौ – मलेसियामा कोरोना सङ्क्रमित एक नेपाली निको भएका छन् । मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले सङ्क्रमित एक जना नेपाली निको भएर काममा फर्किएको जानकारी दिनुभयो ।उहाँका अनुसार अहिलेसम्म मलेसियामा एक नेपालीमा मात्रै कोरोना सङ्क्रमण भएको दूतावासलाई औपचारिक जानकारी छ ।राजदूत पाण्डले मलेसियामा रहेका नेपालीलाई कोरोनाको सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षा अपनाउन र लकडाउन उल्लङ्घन नगर्न पनि आग्रह गर्नुभयो ।

मलेसियाले लकडाउनको उल्लङ्घन गरेको आरोपमा १४ जना नेपालीलाई पक्राउ गरिसकेको भन्दै उहाँले यो समयमा सतर्क रहन र मलेसिया सरकारले जारी गरेका नियमको पालना गर्न आग्रह गर्नुभएको छ ।कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा अहिले भिसा अवधि सकियो के गर्ने भन्ने गुनासा धेरै आएको सन्दर्भमा उहाँले सबै श्रमिकलाई यो बेला धैर्य गरेर बस्न अग्रह गर्नुभयो ।लकडाउनको अवधि सकिएपछि मलेसिया सरकारले कोरोनाको कारण भिसा सकिंदा पनि घर फर्कन नपाएकाहरुका सन्दर्भमा व्यवस्था गर्ने भन्दै नआत्तिन राजदूत पाण्डेले आग्रह गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.