कोरोनाका कारण गर्भवती नर्सको निधन, शल्यक्रिया गरी पेटमा रहेको बच्चा जीवितै निकालियो

0

एजेन्सी । बेलायतमा कोरोना संक्र म णका कारण गर्भवती नर्सको निधन भए पनि उनको गर्भमा रहेको शिशुलाई सकुशल बाहिर निकाल्न चिकित्सक सफल भएका छन्। लुटन एन्ड डनस्टेबल युनिभर्सिटी हस्पिटलमा कार्यरत २८ वर्षीया नर्स मेरी अगियइवा अग्यापोङको कोरोना संक्र मण का कारण गत आइतबारनिधन भएको हो।

तर उनकोनिधन भएलगत्तै चिकित्सकले आकस्मिक शल्यक्रिया गरी पेटमा रहेको बच्चा जीवितै निकालेका हुन्। यही अप्रिल ७ तारिख ती नर्सलाई उनी कार्यरत हस्पिटलमै भर्ना गरिएको थियो। नवजात शिशुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। तर शिशुमा कोरोना भाइरसको सं क्रम ण भएर नभएको केही खुलाइएको छैन।

मेरीका श्रीमानलाई पनि कोरोना भाइरसको सं क्रम ण पुष्टि भएकाले उनी हाल सेल्फ आइसोलेशनमा छन्। मेरीका सहकर्मीले उनको परिवारको सहयोगका लागि सहयोग संकलन अभियान थालेका छन् । बुधबार बिहान सुरु भएको अभियानमा झण्डै पाँच हजार पाउण्ड जम्मा भइसकेको छ ।

नवजात शिशुको नाम उनकै आमाको नाम राखिएको छ । मेरीकी छोरी मेरी हाल राम्रो अवस्था रहेको अस्पतालले उल्लेख गरेको छ ।नर्स मेरीले मार्च १२ सम्म काम गरेकी थिइन् । त्यसपछि सुत्केरी हुने समय नजिकिएकाले बिदा लिएकी थिइन् । तर बच्चा जन्माउन नपाउँदै उनलाई कोरोनाको सं क्रम ण भएको हो ।

यो पनि पढ्नुहोस: आशङ्का गरिएकाको नतिजा नेगेटिभ

चितवन । आरडिटीका क्रममा पोजेटिभ देखिएका पूर्वी चितवनका एक पुरुषको नतिजा नेगेटिभ आएको छ । भरतपुर कोभिड–१९ प्रयोगशालामा पिसीआर परीक्षणका क्रममा उनको नतिजा नेगेटिभ आएको भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले जनाकारी दिए ।

गत चैत ७ गते कोरियाबाट नेपाल आएका उनको रत्ननगरको गुञ्जमान अस्पतालमा गरिएको प्रारम्भिक परीक्षणका क्रममा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि स्वाब कोभिड–१९ प्रयोगशालामा ल्याइएको थियो । सो प्रयोगशालाको नतिजा नेगेटिभ आएको हो ।

यस्तै राप्ती नगरपालिकामा चैत ५ गते बेलायतबाट आएकी ६५ वर्षीया महिलामा प्रारम्भिक परीक्षणका क्रममा शङ्कास्पद देखिएपछि उनलाई भरतपुर अस्पतालको आइसोलेसनमा राखी उपचार गरिएको छ । उनीसँगै हङकङ हँुदै आएका दुई छोरालाई पनि अस्पताल ल्याइएको छ । प्रारमिभक परीक्षणका क्रममा छोराहरुको भने नेगेटिभ देखिएको थियो । राप्तीबाट ल्याइएका तीनै जनाको पिसीआर विधिबाट आज परीक्षण गरिने अधिकारीले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.