लकडाउनमा स्याङ्जाका जनप्रतिनिधिबीच कु’टाकुट, वडाध्यक्षको हात भाँ’च्चियो

0

४ बैशाख २०७७, बिहीबार स्याङ्जा । को’रोना संक्रमणले त्राहीत्राही र हप्तौको लकडाउनको प्र’भाव खेपिरहेका बेला स्याङ्जाका जनप्रतिनिधि बीच कु’टाकुटा भएको घ’टना सार्वजनिक भएको छ । बुधबार साँझ करिब ८ बजे वालिङ–१३ बयाँटारीस्थित जंगल रेष्टुरेण्टमा जिल्ला समन्वय समिति स्याङ्जाका उप–प्रमुख दिलीपकुमार बगाले र वालिङ नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष अनन्तराज गैरेबीच कु’टाकुट भएको घ’टना सार्वजनिक भएको हो । कु’टाकुटा हुँदा वडा अध्यक्ष गैरेको बायाँ हात भाँ’च्चिएको छ ।

उनको पोखरास्थित फेवासिटी अस्पतालमा उपचार भैरहेको छ । उनलाई बिहीबार बिहान नेकपा वालिङ नगर कमिटीका अध्यक्ष राजेन्द्र डुम्रे र छिमेकी धन पराजुलीले उपचारका लागि पोखरा लगेका हुन् । अध्यक्ष गैरैलाई सम्पर्क गर्दा उपचारमा रहेकाले सम्पर्क हुन सकेन । उनको फोन पराजुली उठाएका थिए । यता जिल्ला समन्वय उप–प्रमुख दिलीपकुमार बगालेले भने कु’टाकुट घ’टनामा आफ्नो सं’लग्न नरहेको बताए । उनले भने, ‘सामान्य भ’नाभन भएको हो । कसले कु’टपिट ग¥यो थाहा छैन ।’ आफूसँगै रहेका केही साथीहरुले घ’टना घ’टाएको हुनसक्ने उनले आ’शंका गरे ।

घ’टनाका प्रत्यक्षदर्शी धनबहादुर मल्लले कु’टपिटमा समन्वय उप–प्रमुखको सं’लग्न रहेको बताए । उनले घ’टना घ’टेको समयमा व्यवसायीद्वय नमलाल डुम्रे र अर्जुन खनाल पनि सँगै रहेको बताए । उनले अनुसार कु’टपिटमा बगाले र डुम्रेको सं’लग्नता रहेको बताए । घ’टनामा संलग्नहरुलाई कार्वाहीका लागि वडा प्रहरी कार्यालयमा जा’हेरी परेको वडा प्रहरी कार्यालय वालिङका प्रमुख इन्सपेक्टर निरञ्जन घिमिरेले बताए । ‘जिल्ला स’मन्वय उप–प्रमुखका वि’रुद्ध कि’टानी जा’हेरी परेको छ,’ उनले भने, ‘आवश्यक अ’नुसन्धान छिट्टै सुरु गर्छौं ।’

घ’टनामा सं’लग्न भनिएका उप–प्रमुख बगाले र वडा अध्यक्ष गैरे स्थानीय निर्वाचनमा एउटै वडाबाट नि’र्वाचित ज’नप्रतिनिधी हुन् । तत्कालीन अवस्थामा उनीहरु नेकपा (एमाले) का तर्फबाट उम्मेदवार थिए । वडा सदस्यमा निर्वाचित बगाले पछि जिल्ला समन्वय उप–प्रमुखमा निर्वाचित भएका हुन् । कालीगण्डकी गाउँपालिका कोरोना सं’क्रमणको अ’नुगमन गरेर फर्केका बगाले त्यहाँ गैरे किन त्यहाँ पुगेको भन्ने बारे अहिले सम्म खुलेको छैन । तर बगालेलाई गैरेले सरकारी गाडी दु’रुपयोगको आ’रोप लगाएपछि वि’वाद उ’त्कर्षमा पुगी कु’टाकुटको अवस्था नि’म्तिएको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.