लकडाउनको समयमा नायक पल शाहको मन्द मुस्कानको तस्विर इस्टाग्राममा

0

काठमाडौँ । लकडाउनका कारण यतिबेला चलचित्र क्षेत्र पनि पूर्ण रुपमा प्रभावित बनेको छ । चलचित्रकर्मीहरु सबै होम क्वारेन्टाइनमा बसेका छन् । कतिपय कलाकारहरु त छायांकन नै बिचमा रोकेर लकडाउनका कारण दौडिदै घर जानु परेको थियो । जसमध्येको एउटा चलचित्र हो चलचित्र ‘दुई नम्बरी’ । कास्की आसपासका स्थानमा छायांकन भइरहँदा मुलुक एक्कासी लकडाउनमा जाने निर्णय भएपछि उक्त चलचित्रका कलाकारहरु अभिनेता पल शाह , दयाहाङ राई र वर्षा राउत काठमाडौँ फर्किए ।

काठमाडौँ फर्किएपछि उनीहरु गरिव र असहायको सहयोगमा जुटेका छन् । यसैबिच हालैमात्र प्राविधिकहरुलाई ५ लाखको खाद्यान्न सहयोग गरेका नायक पलले माछापुछ्र्रेको काखमा गमीरहेको एउटा तस्विर आफ्नो इस्टामा पोष्ट गरेका छन् । जुन तस्विर उनको चलचित्र चलचित्र ‘दुई नम्बरी’को छायांकनको समयमा खिचिएको नायक पलले उल्लेख गरेका छन् । चलचित्रको निर्देशन गोपी, छ माया छपक्कै, लगायतका हिट फिल्मका निर्देशक दीपेन्द्र लामाले गरिरहेका छन् ।

https://www.instagram.com/paulshah_official/?utm_source=ig_embed

Leave A Reply

Your email address will not be published.