लोकप्रिय नायिका रेखा थापाले फेसबुकबाट यसरी सिकाउँदैछिन् कोरोनाबाट बच्ने उपाय

0

काठमाडौ, बैशाख ४ – १६ वर्षकै उमेरमा निर्माता छवि ओझाको ‘हिरो’ फिल्मबाट डेब्यु गरेकी रेखा थापा निक्कै नै चर्चित नायिका हुन् । लामो समयसम्म ‘नम्बर वान’ मा रहन सफल नायिका रेखा थापा अहिले नायिका मात्र हैन अव निर्मात्रीको रुपमा पनि स्थापित छिन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दसमा पर्न सफल भएकी थिइन् ।

हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन् । सन् २०१० र २०११ मा उनले उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल फिल्म पुरस्कार पाएकी उनले हालै विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसबाट कसरि बच्चने बन्ने बारे सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिएकी छिन् । उनले भनेकी छिन् । कोरोनाबाट बच्न हामि सबै जनाले स्वास्थको ख्याल राख्ने र यो लकडाउनको समयमा घर भित्रै बस्न आग्रह गरेकी छिन् ।

अभिनेत्री रेखाले एक भिडियोमार्फत कोरोनाबाट बच्न नियमित मिचीमिची हात धुन, ज्वरो र खोकी लागेमा तथा श्वास फेर्न गाह्रो भएमा नजिकैको अस्पताल जान सुझाब दिएकी छन् । उनले भिडियो शेयर गर्दै भनेकी छिन् । यो समय भनेको हामि आफै सर्तक रहने र लकडाउनमा घरबाट बाहिर ननिस्कने हो ।

Leave A Reply

Your email address will not be published.