मनकारी रहिछन् प्रियंका चोपडा, महिला श्रमिक र सुरक्षाकर्मीका लागि गरिन् एक लाख डलर सहयोग

0

एजेन्सी – विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण भारतमा ज्यान जानेको संख्या दिनहुँ बढदै गएको छ । कोरोना भाइरसविरुद्ध लड्न बलिउडका कयौ कलाकारले सहयोग गर्दै आएका छन् । केहि दिन पहिला अभिनेता सलमान खानले मजदूरलाई आर्थिक सहयोग गरेका थिए ।

उनले मजदूरको खातामा ३–३ हजार रकम सहयोग यसबाट बच्न घरबाट कोहि पनि बाहिर ननिस्कन आग्रह समेत गरेका थिए । अभिनेता शाहरुख खानले पनि क्‍वारेन्टाइन बनाउन आफ्नो कार्यालय दिने घोषणा गरेका छन् । उनले क्‍वारेन्टाइन बनाउन कार्यालय मात्र नभई। ५० हजार पीपीई स्वास्थ्यकर्मीलाई उपलब्ध गराउने र दिनहुँ साढे पाँच हजार परिवारलाई खाना खुवाउने भएकाछन् । त्यस्तै बलिउड सुन्दरी नायिका प्रियंका चोपडाले कोरोना भाइरस ९कोभिड १९० रोकथामका लागि १ लाख अमेरिकी डलर सहयोग गर्ने भएकी छिन्।

उनले सहयोग गर्ने बारे सामाजिक संजाल मार्फत जानकारी गराएकी हुन् । प्रियंकाले महिला श्रमिक र सुरक्षाकर्मीका लागि खर्च गर्ने गरी उक्त सहयोग घोषणा गर्दै भनेकी छिन् । यो समय भनेको हामिले सहयो गर्ने हो । यसबाट बज्नको लागि घर भित्रनै बस आग्रह गरेकी छिन् ।

Leave A Reply

Your email address will not be published.