अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ हजार नाघ्यो, एकैपटक थपिए ४ हजार सम्भावित मृत्यु

0

काठमाडाैँ, ५ वैशाख । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३४ हजार नाघेको वर्ल्डोमिटर्सले जनाएको छ ।

बिहीबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसबाट २८ हजार ५२९ जनाको मृत्यु पुष्टि भएको जनाइएको थियो । तर त्यहाँ कोरोना संक्रमित र मृत्युको डाटा सच्याएपछि ४ हजारभन्दा बढी सम्भावित मृत्यु देखाइएको छ । जसका कारण परिवर्तित डाटा अनुसार मृत्यु संख्या एकाएक बढेकाे देखिएकाे हाे ।

अमेरिकाको सरकारी संस्था सेन्टर फर डिसिज कल्ट्रोल एन्ड प्रिभिन्सिन (सिडीसी)ले अप्रिल १४ सम्म कोरोना संक्रमण केस गणना र सोही कारण हुने मृत्यु गणनामा दुबै पुष्टि भएका र सम्भावित केस तथा मृत्यु समेत सामेल गर्दै आएको थियो ।

बिहीबार सिडीसीले अप्रिल १५ सम्मको नयाँ डाटा अपडेट गर्दै कोरोनाबाट ३१ हजारभन्दा बढीको मृत्यु भएको जनाएको छ । जसमा २६ हजार ९३० पुष्टि भएका मृत्यु र ४ हजार १४१ सम्भावित मृत्यु रहेका छन् ।

यो परिवर्तन राज्य र क्षेत्रीय एपिडेमिलोजिष्ट काउन्सिलले अप्रिल ५ मा जारी गरेको एक अन्तरिम कोभिड १९ स्थिति आदेशलाई प्रतिबिम्बित गर्नका लागि गरिएको सिडीसीले जनाएको छ ।

वल्र्डोमिटरले भने बिहीबार बिहानसम्म कोरोनाभाइरसका कारण अमेरिकामा मृत्यु हुनेको संख्या २८ हजार ५२९ जना रहेको देखाएको थियो । शुक्रबार बिहानसम्म यो संख्या एकाएक ३४ हजार ६१७ पुगेको देखाएको छ । न्यूयोर्क शहर लगायत अमेरिकाभरि १५ अप्रिलसम्मको सिडीसीद्वारा परिवर्तित (सम्भावित केस र मृत्यु संख्या समेत) डाटा जोड्दा एकाएक डाटामा नाटकीय परिवर्तन देखिएको हो ।

वल्र्डोमिटर्सका अनुसार बिहीबार दिनभरि अमेरिकामा २ हजार १७४ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने २९ हजार ५६७ नयाँ संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमित संख्या ६ लाख ७७ हजार ५७० पुगेको छ । ५७ हजार ५०८ जना निकाे भएका छन् ।

काेराेना संक्रमित र मृत्युकाे डाटा सच्याएपछि न्यूयाेर्क राज्यमा मात्रै काेराेनाबाट मृत्यु हुनेकाे संख्या १६ हजार १०६ पुगेकाे छ । त्यहाँ बिहीबार माज्ञ ६०६ जनाकाे मृत्यु भएकाे र ७ हजार ६३६ नयाँ संक्रमित फेला फेला परेकाे जनाइएकाे छ । यससँगै त्यहाँ कुल संक्रमित संख्या २ लाख २६ हजार १९८ पुगेकाे छ । अमेरिकामा सबैभन्दा बढी प्रभावित १५ राज्यकाे पछिल्लाे अवस्था-

Leave A Reply

Your email address will not be published.