नेपालमा कोरोनाले म,हा,मा,री,को रुप नलिने, १६ जना संक्रमितमा देखियो यस्तो स्पष्ट संकेत

0

काठमाडौं । नेपालीहरुले कोरोना म,हा,मा,री,लाई सहजै हराउन सक्ने संकेत देखा परेको छ । विश्वव्यापी रूपमा फै,लि,ए,को कोरोना भाइरसले अहिलेसम्म एक लाख ४१ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ । सं,क्र,मि,त,को संख्या पनि तीव्र दरले बढिरहेको छ । अहिले विश्वभर कोरोना सं,क्र,मि,त,हरुको संख्या २१ लाख नाघेको छ ।

कोरोना भाइरस लागेकामध्ये ५१ हजार भन्दा धेरैको अवस्था निकै गम्भीर छ । कोरोना संक्रमित सयजनामध्ये ८० घरमै बसेर निको हुन सक्ने, १५ जनालाई आइसोलेसनमा राखेर उपचार गर्नुपर्ने र पाँचजनालाई आईसीयूमा भर्ना गरी उपचार गर्नुपर्ने चिकित्सकहरू बताउँछन् । नेपालमा अहिलेसम्म १६ जना कोरोना संक्रमित देखिइसकेका छन् । जसमध्ये चीनबाट आएका एकजना निको भएर फर्किसकेका छन् । अहिले १५ जनाको आइसोलेसन वार्डमा उपचार भइरहेको छ ।

सबैको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरूको भनाइ छ । उनीहरू आफैं खाना पकाएर खान सक्ने, बोल्न सक्ने अवस्थामा छन् । जसमध्ये सरुवा रोग ट्रपिकल अस्पताल टेकुमा दुईजना कोरोना संक्रमितको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । अस्पतालका अनुसार बिहीबारको परीक्षणमा दुवैको रिपोर्ट नेगेटिभ आएमा उनीहरूलाई चाँडै डिस्चार्ज गर्ने तयारी भइरहेको छ ।

संसारभर म,हा,मा,री,को रूप लिएको कोरोना संक्रमित नेपालीहरूको अवस्था सामान्य हुनु, आईसियूमा भर्ना गर्न नपर्नु, आइसोलेसनमै उपचार गरेर डिस्चार्ज गरिने अवस्था हुनु भनेको निकै सन्तोषजनक रहेको डा. रवीन्द्र पाण्डेको बुझाई रहेको छ । यस्तो हुनु भनेको नेपालमा कोरोना भाइरस महामारीको रूपमा फैलिन नसक्ने संकेत देखिएको उहाँको भनाई रहेको छ ।

Leave A Reply

Your email address will not be published.