मन्त्री हेलिकप्टरमा, औ’षधि खच्चडमा

0

५ बैशाख २०७७, शुक्रबार सुर्खेत : दुई साताअघि कर्णाली प्रदेश सरकारले हेलिकप्टर चार्टर गर्‍यो । को’रोनाको त्रा’सपछि दुर्गममा औ’षधि पुर्‍याउन भन्दै मन्त्रीहरू हेलिकप्टरमा उडे। हुम्ला, डोल्पा र मुगुमा केही थान पी’पीई सेट, मास्क, सि’टामोल र स्या’निटाइजर बाँडियो। केही स्वास्थ्य सामग्री छाडेर मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकासमन्त्री दल रावल सुर्खेत फिर्ता भए। तर, मन्त्रीहरूले हेलिकप्टरमा छाडेको त्यही औ’षधि र स्वास्थ्य सामग्री गाउँसम्म पुर्‍याउन अहिले स्थानीय तहलाई ह’म्मेहम्मे परेको छ।

सडक नपुगेको र हेलिकप्टरमा औ’षधि ढुवानी गर्न नसक्ने दुर्गमका स्थानीय तहले प्रदेश सरकारले बाँडेको औ’षधि गाउँ लैजान सकेका छैनन्। केही उपाय नलागेपछि हुम्ला र डोल्पाका केही स्थानीय तहले खच्चड र मान्छेलाई बोकाएर औ’षधि ढुवानी गर्न थालेका छन्। मन्त्रीहरूले हेलिकप्टरमा लगेको औ’षधि पर्याप्त नहुँदा केही स्थानीय तहले भने आफैंले औ’षधि खरिद गरी खच्चडमा ढु’वानी गरिरहेका हुन्। मन्त्रीले हेलिकप्टरमा लगेको औ’षधि नाम मात्राको भएको स्थानीय त’हको गु’नासो छ। अधिकांश तहले त्यो औ’षधि पाएका पनि छैनन्।

मन्त्रीले बाँडेको औ’षधि सदरमुकाममै थ’न्किएपछि दुर्गमका स्थानीय तह खच्चडबाटै औ’षधि ढुवानी गर्न बाध्य भएका हुन् । मन्त्रीहरू हेलिकप्टरमा सदरमुकामसम्म पुगे। तर, हुम्लाको नाम्खा गाउँपालिकाले तीन दिन लगाएर खच्चडबाट औ’षधि गाउँ पुर्‍याएको छ ।‘प्रदेश सरकारले दिएको औ’षधि थोरै थियो’, गाउँपालिकाका उपाध्यक्ष पेमा तामाङले भनिन्, ‘हामीले साढे सात लाखको औ’षधि किन्यौं, हेलिकप्टरमा लैजान सकेनौं। खच्चडमा ल्याउँदा ढिला भयो, अब मान्छेलाई बोकाएर वडासम्म पुर्‍याउनुपर्छ।’ सडक सुविधा नहुँदा गाउँमा औषधि पठाउन समस्या भएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले बताए।

उनले भने, ‘प्रदेशले पठाएको औ’षधि अपुग भयो, अरू औ’षधि आएको छैन। भएको औ’षधि स्थानीय तहले खच्चडमा बोकाएर लगेका छन्, यसले पनि गाउँमा औ’षधि पुग्न समय लाग्यो।’ यस्तै, डोल्पामा पनि मन्त्रीहरू हेलिकप्टरमा पुगे। केही औ’षधि र स्वास्थ्य सामग्री सदरमुकाम दुनैमा छाडियो। ढुवानीका लागि जिल्ला र प्रदेशमा आ’ग्रह गर्दासमेत सु’नुवाइ भएन। अन्नतः माथिल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाले पनि खच्चडबाटै गाउँमा औ’षधि पुर्‍यायो। अन्नपुर्ण पोस्ट

Leave A Reply

Your email address will not be published.