फिल्डमा खटिएका प्रहरीलाई नउक्साउनू, प्रहरीमाथि नै उल्टै जाइलाग्यो भने अप्ठ्यारो हुन्छ – डिआइजी पोखरेल

0

काठमाडौं। महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो)ले फिल्डमा खटिएका प्रहरीलाई नउक्साउन आग्रह गरेको छ।

बुधबार साँझ त्रिवि शिक्षण अस्पतालका तीन डाक्टरहरूमाथि कुटपिट गरेको घटना बाहिरिएको थियो। २४ घण्टा नबित्दै फेरि कलंकीमा औषधि किन्न आएका तीनजना व्यक्तिलाई लकडाउन उल्लंघन गरेको भन्दै कुटपिट गरेको भिडिओ भाइरल भएको थियो।

यस्ता घटना धेरै बाहिरिन थालेपछि प्रहरीलाई नउक्साउन र संयमता अपनाउन कार्यालयले सर्वसाधारणलाई आग्रह गरेको हो।

‘प्रहरी २४ औं घण्टा फिल्डमा खटिरहेका हुन्छन्। प्रहरीले पहिले सम्झाउँछ। कहिले पनि आक्रमण गर्दैन,’मेट्रोका प्रमुख डिआइजी विश्वराज पोखरेलले भने,’कलंकीको प्रहरीले आफ्नो विधि पुर्‍याएको छ र पछि उत्तेजित बनाएको देखिन्छ भने हामीले त्यसलाई हल्का रूपमा लिन्छौं।’

प्रहरीले दुई महिलालाई औषधि लिएर आए पनि पुरूषलाई प्रश्न गर्दा उक्साएको बताए।

‘प्रहरीले यत्तिकै कुटेको छैन त्यहाँ दुई महिला औषधि लिन आए पनि पुरूष किन आउनुभयो भन्दा उक्साएको देखिन्छ,’उनले भने,’नउक्साएको भए त्यस्तो माहोल हुने थिएन होला।’

उनले भक्तपुरमा पनि केही समय अघिको घटना सुनाए।

‘लकडाउन किन उल्लंघन गरेको भन्दा नानाथरि अपशब्द बोले’,’उनले भने,’अब दुई चार जना प्रहरीको अगाडि त्यसरी मुख छाड्यो भने त गाह्रो हुन्छ नि।’

प्रहरीले प्रश्न गर्दा राम्रो भाषा प्रयोग गरेमा त्यस्तो माहोल नहुने बताएका छन्। ‘प्रहरीले सम्झाउँदा हुन्छ अबदेखि बिनाकाम हिँड्दिनँ भन्यो भने केही गर्दैन त अब मुख छाड्ने, तैले सिकाउन पर्छ र, प्रहरीमाथि नै उल्टै जाइलाग्यो भने अप्ठ्यारो हुन्छ।’

रौतहटमा पनि केही प्रहरीले एक व्यक्तिलाई कु’टपि’ट गरिरहेको घटना बाहिरिएको थियो।

उक्त घटनामा स्थानीयले प्रहरीमाथि नै आ’क्रम’ण गरेका थिए। जसमा एक हवल्दार घाइते भएपछि त्यस्तो वातावरण आएको बताइएको थियो।

Leave A Reply

Your email address will not be published.