लकडाउनको सदुपयोग गर्दै दुई महिनाकी छोरी समिशासँग रमाउँदै अभिनेत्री शिल्पा

0

एजेन्सी – बलिउड अभिनेत्री शिल्पा शेट्टीको हालै एक भिडियो सामाजिक संजालमा निकै भाइरल भएको छ । उक्त भिडियोमा उनि २ महिनाकी सानी छोरीसँग रमाएकी छिन् । लकडाउनमा प्राय कलाकार घर मानै समय बिताइरहेका छन् । त्यस्तै उनि पनि छोरीको साथमा दिनचर्या बिताएकी छिन् । उनले यो भिडियो हालै मात्र छोरीको मुस्कान भन्दै शेयर गरेकी हुन् ।

जहाँ उनी आफ्नी सानी छोरी समिशासँगरमाएकी छिन् । उनि चलचित्रमा मात्र नभई योग गुरुका रूपमा प्रसिद्ध रहेकी छिन् । आफू विभिन्न योग आसनमा बसेको डीभीडी तयार पारेर उनले लाखौँ मानिसलाई योग प्रशिक्षण दिइरहेकी छिन् । खासगरी महिलाहरूले उनको सीडी हेरेर योग सिक्ने गरेका छन्।

Leave A Reply

Your email address will not be published.