क्वारेनटाइनमा बसेकी अभिनेत्री श्रद्धाले भनिन्

0

एजेन्सी – कोरोना भाइरसका कारण लकडाउनको अवस्थाले विश्वका प्रायः सबै व्यक्ति घरमै बस्न बाध्य छन्। यो अवस्थामा जनावरहरू उपर हुँदै आएको व्यवहारबारे धेरैले चासो लिन थालेका छन्।यसै क्रममा बलिउड अभिनेत्री श्रद्धा कपुरले क्वारेनटाइनमा बस्नु पर्दा वर्षौंसम्म खोरमा थुनिएका र बाँधिएका जनावरहरूलाई सम्झिएकी छन्। छोटो समय लकडाउनमा बस्नुपर्दा थाकिसकेको उल्लेख उनले सामाजिक सञ्जालमा पोस्ट गरेकी छन्, ‘यसैगरी प्राणीले वर्षौंदेखि भोग्नुपरेको दुःख र कष्ट मानवले सोच्न सकेको छैन।’

उनले लेखेकी छन्, ‘यो आइसोलेसनबाट म थाकिसकेँ। कोरोना भाइरसका कारण पूरा विश्व क्वारेन्टाइनमा बस्न बाध्य छ। यो समय हामी मानव जाति डिप्रेसन, एन्जाइटी र एक्लोपनले निसास्सिएका छौं। जनावरहरू पनि यस्तै अनुभूति गरिरहेको हुनुपर्छ।’

उनले अगाडि उल्लेख गरेकी छन्, ‘हामी यसरी कैदीझैं समय बिताइरहेका छौं भने, वर्षौंसम्म कैदी बनेर जीवन बिताउने प्राणीका बारेमा पनि सोच्ने बेला आएको छ। उनीहरू पनि पृथ्वीमा बस्ने प्राणी हुन् तर, उनीहरू आफ्नो पूरा जीवन आइसोलेसनमा बिताउन बाध्य पारिन्छ। सोच्नुहोस् त यिनीहरूको मस्तिष्कमा के बितिरहेको होला रु अब कुनै पनि जनावरलाई यसरी राखिनु हुँदैन। हामी पृथ्वीका पाहुना हौं, गुरु होइनौं।’अन्नपुर्ण पोष्टमा खबर छ ।

Leave A Reply

Your email address will not be published.