रेखाको रहस्य…

0

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री हुन् रेखा । उनले १३ वर्षको उमेरमा नै बलिउडमा काम गरेकी थिइन् । रेखाले धेरै संघर्ष गरेपछि एउटा उचाई प्राप्त गरिन् ।

उनले जुन परिस्थितिसँग जुधिन् र आफुलाई जुन उचाईमा पुर्याईन् पछिल्लो समय कैयौँ अभिनेत्रीले त्यो दिन देखेका छैनन् होला ।फिल्ममा काम गर्दिन भन्दा भन्दै पनि परिवारको दबाबमा उनले फिल्ममा करिअर बनाएकी थिइन् ।

उनकी बहिनी राधा पनि फिल्ममा आउन चाहन्थिइन् । तर, रेखाले उनको मदत गर्न चाहिनन् । बलिउड बाहेक अन्य कुरामा आफ्नो करिअर बनाउन उनले राधालाई सझाव दिइन् ।आफु पाएको दुःखका कारण पनि उनी आफ्नो बहिनीलाई फिल्म क्षेत्रमा नआउन भनेकी थिइन् ।

अन्ततः उनी बलिउडमा लामो समयपछि सफल भइन् तर, उनको जीवनमा एकपछि अर्का घटनाहरु घटि नै रहे जसका कारण उनका खुसीहरु ओझेलमा परिरहे ।

Leave A Reply

Your email address will not be published.