मैले अहिलेसम्म आर्थिक सहयोग गरेको छैन, आठ लाख सहयोग गर्न लागेको समाचार झुटो हो : विराज भट्ट

0

काठमाडौ, बैहाख ६- विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसबाट शनिबार मृत्यु हुनेको संख्या एक लाख ५४ हजार नाघेको छ । कोरोनाका कारण यतिबेला नेपालमा पनि लकडाउन गरिएको छ । लकडाउनको समयमा मानिसहरु घर मानै समय बताइरहेका छन् । चलचित्र क्षेत्रमा कयौ फिल्मको काम ठप्प भएको छ ।

यसको रोकथामकमा लागि कलाकारले सहयोग गरिरहेका छन् । त्यस्तै अभिनेता पल शाहले चलचित्र उद्योगमा काम गर्ने २ सय ज्यालादारी मजदुरलाई आर्थिक सहयोग गरेका छन् । उनले ५ लाख रुपैयाँ बराबरको खाद्यान्न किनेर आफैं मजदुरलाई वितरण गरेका थिए । मुलुक लकडाउनको समयमा रहेका बेला कलाकारले सहयोगी हात अगाडि बढाएका छन् । पल शाह, पूजा शर्मा, वर्षा राउत, दीपकराज जस्तै अन्य कलाकारले सहयो गरि सकेका छन् ।

भने केहि दिन पहिला अभिनेता विराज भट्टले पनि कोरोना भाइरस रोकथामका लागि आठ लाख सहयोग गरेको समाचार सामाजिक संजालमा निकै भाइरल भएको थियो । उनले मध्यम वर्गका मानिसलाई सहयोग गरेर आठ लाख दिएको खबर बाहिर आएता पनि हालै उनले मुख खोलेका छन् ।

अहिले भने विराज भट्ट आफैले मुख खोलेका हुन् । उनले भनेका छन् । मैले सहयोग गरेको छैन् , यो समचार झुटो हो । र, विराज आफैंले अहिलेसम्म आफूले कुनै पनि आर्थिक सहयोगको घोषणा नगरेको बताएका छन् । कोही अन्जान व्यक्तिले मेरो बारेमा आठ लाखको अफवाह फैलाएको उनको भनाइ रहेको छ ।

Leave A Reply

Your email address will not be published.