थप एक जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या ३१ पुग्यो

0

काठमाडौं। नेपालमा शनिबार थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

६५ वर्षीय एक पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ।

संक्रमितमध्ये दुई जना निको भएर घर फर्किएका छन्। । मन्त्रालयले थप विवरण सार्वजनिक गरेको छैन।

हालको अध्यावधिक विवरण अनुसार कोभिड-१९ को जम्मा पुष्टी भएको संख्या ३१ रहेको छ जस मध्ये आज मात्रै १ जनामा नयाँ पुष्टी भएको छ (६५ बर्षीय, पुरुष) अध्यावधिक मिति: २०७७ बैशाख ६ गते, साँझ ८:०० बजे

Posted by Ministry of Health and Population-Nepal on Saturday, April 18, 2020

Leave A Reply

Your email address will not be published.