आज राति निद्रा बिथोल्ने मौसम, सतर्क रहन मौसम विभागको सुझाव
काठमाडौं । जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेकाले राति मेघगर्जनसहित वर्षा हुने पूर्वानुमान गरेको छ । देशको पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली साथै पूर्वी र मध्य भूभागमा आंशिक बदली हुने सम्भावना रहेको छ ।
देशका मध्य र पूर्वका केही स्थानहरूका साथै पश्चिमका थोरै स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षा हुने महाशाखाले जनाएको छ । शनिवार राति देशको पूर्वी भूभागमा सामान्य बदली र मध्य तथा पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।
देशको पूर्वी भूभागका र मध्य तथा पश्चिमी पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षा हुने महाशाखाले अनुमान गरेको छ । रातको ६ बजेपछि राजधानी सहितका पहाडी क्षेत्रमा हावाहुरीसहित हल्का वर्षा भइरहेको छ ।
यस्तो छ महाशाखाको पूर्वानुमान बैशाख ७ गते (आईतबार) दिउँसो : पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही तराईका भूभागमा आंशिक बदली रहने छ । पहाडी भूभागका केही स्थानमा साथै तराईका १–२ स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
राति : पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही तराईका भूभागमा आंशिक बदली रहने छ । पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
बैशाख ८ गते (सोमवार) दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहने छ । अपराह्नपश्चात पहाडी भूभागका केही स्थानहरूमा साथै तराईका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
राति : देशभर आंशिकदेखि सामान्य बदली रहने छ । पूर्वी तथा मध्य भूभागका थोरै स्थानहरूमा साथै पश्चिमी पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।