अमेरिकी राष्ट्रपति ट्रम्पको यस्तो ट्वीटले चीनभर हलचल, के भने राष्ट्रपति सीले ?

0

काठमाडौं । कोरोना भाइरसले अमेरिकामा भन्दा चीनमा धेरै मानिसको मृत्यु भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दावी गरेका छन् । कोरोना भाइरसले मृत्यु हुनेको संख्या संसोधन गरेको तथा दिनानुदिन चीनमा कोरोना भाइरसबाट मृत्यु हुने संख्या पुनः बढिरहँदा ट्रम्पले यस्तो दावी गरेका हुन् ।

उनले शुक्रबार ट्वीट गर्दै अमेरिकामा भन्दा चीनमा कोरोनाले बढी मानिसको मृत्यु भएको दावी गरेका हुन् । ट्रम्पले आफू चीनसँग खुशी नरहेको समेत बताएका छन् । ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको नियमित ब्रिफिङ्गको क्रममा ट्रम्पले आफू चीनसँग खुशी नरहेको बताएका हुन् ।

चीनले कोरोना भाइरसका कारण विश्वमा पर्न सक्ने चुनौतीबारे समयमै सचेत नगराएको आरोप ट्रम्पको छ । यस्तै ट्रम्पले विभिन्न राज्यमा भएका प्रदर्शनहरुको समर्थन पनि गरेका छन् । लकडाउनले जनजीवन कष्टकर भएको विरोधमा अमेरिकाका विभिन्न राज्यहरुमा प्रदर्शन भएपछि ट्रम्पले त्यसमा समर्थन गर्दै लकडाउन खुकुलो पार्नुपर्ने बताएका हुन् ।

यस विषयमा चीनीया राष्ट्रपति सीले भने कुनै प्रतिक्रिया दिएका छैनन् । तर चीनिया जनताले भने ट्रम्पकाे भनाइप्रति आक्रोश जनाएका छन् । यसैबीच कोरोना भाइरसको संक्रमणबाट चीनमा एकैदिन १ हजार २९० को मृत्यु भएको छ । झण्डै एक महिनासम्म नियन्त्रण जस्तो देखिएको चीनमा अहिले एकै दिन नयाँ मृत्युदर थपिएको हो ।

यो सँगै चीनमा ज्यान गुमाउनेको संख्या ४ हजार ६३२ पुगेको छ । शनिबार बिहान यो समाचार तयार पार्दासम्म चीनमा ८२ हजार ६९२ जना संक्रमित छन् । २४ घण्टाको अवधिमा ३२५ नयाँ संक्रमित फेला परेका छन् । संक्रमितमध्ये ७७ हजार ९४४ उपचारपछि घर फर्किएका छन् भने ११६ जनाको उपचार भइरहेको छ । उनीहरु मध्ये ८९ जनाको अवस्था गम्भीर छ ।

किन लकडाउन हटाउन चाहन्छन् ट्रम्प ? चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) पछिल्लो समय अमेरिकामा अनियन्त्रित बन्दै गएको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ का कारण अमेरिकामा बिहीबार एकैदिन ४ हजार ४ सय ९१ जनाको मृत्यु भएको छ । कोभिड–१९ को संक्रमण देखिएयता कुनै पनि देशमा एकैदिन मृत्यु भएको यो सबैभन्दा बढी हो ।

कोभिड–१९ बाट संक्रमित र मृत्यु हुनेको संख्या अमेरिकामा विश्वकै उच्च छ । मृतकको संख्या हालसम्म ३३ हजार ३ सय नाघिसकेको छ । संक्रमितको संख्या सात लाख पुग्न लागेको छ । भाइरसको संक्रमण अनियन्त्रित भए पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले कपितय राज्यमा लगाइएका प्रतिबन्ध मे पहिलो सातादेखि हटाउन गभर्नरहरूलाई निर्देशन दिएका छन् ।

हाल जारी प्रतिबन्धहरू तीन चरणमा हटाइने जनाउँदै ट्रम्पले केही राज्यहरूमा त्यो प्रक्रिया चाँडै सुरु हुने बताए । ‘अमेरिका खुल्न चाहन्छ र अमेरिकीहरू खुल्न चाहन्छन्,’ राष्ट्रपति ट्रम्पले बिहीबार पत्रकारहरूसँग भने, ‘देशव्यापी बन्द बेहोर्न सकिने दीर्घकालीन समाधान होइन ।’ लकडाउन लम्बिँदै जाँदा त्यसले जनस्वास्थ्यमाथि गम्भीर खतरा थपिएको ट्रम्पको दाबी छ ।

राष्ट्रपति ट्रम्पले लकडाउन लामो समयसम्म जारी राख्दा औषधि तथा मदिराजन्य पदार्थको दुरुपयोग हुने, मुटुरोगलगायत शारीरिक तथा मानसिक समस्यामा पनि तीव्र वृद्धि हुने दाबी गरे । उनका अनुसार स्वस्थ नागरिकहरू काममा फर्किन प्रतीक्षारत छन् । सामाजिक दूरी कायम गर्नुका साथै स्वस्थ वातावरण महसुस नगरेको खण्डमा घरमै बसे लकडाउन गरिरहनु आवश्यक छैन ।

ह्वाइटहाउसमा आयोजित नियमित पत्रकार भेटघाटका क्रममा उनले गभर्नरहरूलाई आवश्यकताअनुसार आआफ्ना राज्यमा कदमहरू चाल्न अनुमति दिइने जनाए । गभर्नरहरूले चाल्ने कदमको सहयोग र व्यवस्थापन आफैं गर्ने ट्रम्पको भनाइ छ ।

यसअघि ट्रम्पले गभर्नरले चाहे मे पहिलो साताभन्दा अघि पनि कतिपय राज्यहरूमा प्रतिबन्ध हटाउन सक्ने बताएका थिए । तर प्रतिबन्ध खुकुलो पार्दै दैनिक काम पुन: सञ्चालन गर्ने समयबारे गभर्नरहरू र ट्रम्पबीच गम्भीर मतभेद छ ।

यसअघि ट्रम्पले अमेरिकाले नयाँ संक्रमितको उत्कर्ष पार गरिसकेको बताएका थिए । अमेरिकाले हालसम्म जनसंख्याको करिब एक प्रतिशत हाराहारीमा कोभिड–१९ को परीक्षण गरिएको जनाएको छ ।

विश्वभर कोभिड–१९ का कारण ज्यान गुमाउनेहरूको आधारमा अमेरिकामा मृत्यु दर बढी छ । तर ट्रम्पले अन्य देशले मृतकको संख्या लुकाएको दाबी गर्दै आएका छन् । ‘ती केही देशहरूले भनेको संख्यामा साँच्चिकै कोहीले विश्वास गर्छ ?’ चीनको नाम लिँदै ट्रम्पले पत्रकारहरूलाई भनेका थिए ।

चिनियाँ समकक्षीसँगको टेलिफोन कुराकानीमा विदेशमन्त्री माइक पोम्पियोले कोभिड–१९ बारे पूर्ण रूपमा पारदर्शी हुनुपर्ने बताएका अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । पोम्पियोले यसअघि पटकपटक चीनले कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या लुकाएको बताउँदै आएका थिए । तर उक्त भनाइलाई चीनले अस्वीकार गर्दै आएको छ ।

अर्थतन्त्रको चिन्ता अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकाको अर्थतन्त्र पुन: खोल्ने विषय एक पटक चालिने एउटा सावधानीपूर्ण कदम भएको बताए । आफ्नो प्रशासनद्वारा राज्यका गर्भनरहरूका लागि जारी १८ पृष्ठ लामो निर्देशिकामा ट्रम्पले अर्थतन्त्र तीन चरणमा खोलिने उल्लेख गरेका छन् । उनका अनुसार एक चरण कम्तीमा दुई साता लामो हुनेछ ।

निर्देशिकाअनुसार कुनै क्षेत्र महिना दिन लामो मूल्यांकनपछि सामान्य अवस्थामा फर्किन सक्नेछन् । तर संक्रमण धेरै रहेका र वृद्धिदर बढी भएका स्थानमा त्योभन्दा बढी लाग्न सक्छ । तर कतिपय विश्लेषकहरूले राष्ट्रपति भाइरसका कारण उत्पन्न संकट चाँडै हट्नेमा बढी नै आशावादी भएको बताएका छन् ।

अहिले सबै अमेरिकी राज्यमा संकटकाल लगाइएको छ । जसका कारण बेरोजगारहरूको संख्या हालसम्मकै उच्च छ । ७० लाखभन्दा बढी मानिसले बेरोजगारी सुविधाका लागि आवदेन दिइसकेका छन् । कोभिड–१९ कै कारण एक करोडभन्दा बढी मानिसले रोजगारी गुमाएको जनाइएको छ ।

बजारबाट कोरोना फैलिएकामा आशंका ट्रम्पले कोभिड–१९ चीनको वुहानस्थित बजारबाट नभई प्रयोगशालाबाट उत्पन्न भएको भन्ने अपुष्ट रिपोर्टहरू हेरिरहेको बताए । ‘म फेरि पनि भन्छु हामीले यसबारे सुनेका छौं । हामी यसबारे हेर्छौं,’ उनले भने । पछिल्ला वर्षहरूमा वुहानस्थित दुइटा प्रयोगशालाको सुरक्षाबारे बेइजिङस्थित अमेरिकी दूतावासले यसअघि नै चासो व्यक्त गरेको अमेरिकी सञ्चार माध्यमले समाचार प्रकाशन गरेका थिए ।

तर अमेरिकी चिफ अफ स्टाफ प्रमुख जर्नेल मार्क मिलीले अमेरिकी गुप्तचर सेवाले भाइरस प्राकृतिक रूपमा नै उत्पन्न भएको विश्वास गरेको जनाएका छन् । नियमित पत्रकार भेटका क्रममा ट्रम्पले विश्व स्वास्थ्य संगठन डब्लूएचओको पुन: आलोचना गरेका छन् । उनले चीनसँगको सीमा बन्द गर्ने आफ्नो निर्णय सुरुमा डब्लूएचओले आलोचना गरेको बताए ।

‘दुर्भाग्यवश अझै पनि कतिपय देशहरूले डब्लूएचओमाथि विश्वास गरिरहेका छन् । संगठनप्रति कुनै प्रकारका प्रतिबन्ध लगाएका छैनन्,’ ट्रम्पको भनाइ छ । इटाली, स्पेन र फ्रान्सका भाइरस संक्रमितको उदाहरण दिँदै ट्रम्पले ती देशहरूले गम्भीर गल्ती गरेका भए पनि बुझिसकेको जनाए ।

यसअघि ट्रम्पले ‘कोभिड–१९ को महामारी रोक्न न्यूनतम कर्तव्य पूरा गर्न असफल भएको’ भन्दै डब्लूएचओलाई अमेरिकाले दिँदै आएको आर्थिक सहयोग रोक्न निर्देशन दिइसकेका छन् । चीनमा भाइरसको संक्रमण देखिएपछि त्यसलाई डब्लूएचओले सही ढंगले व्यवस्थापन गर्न नसकेको र ढाकछोप गरेको उनको आरोप छ ।

सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा ३१ हजार ११७ जनाको मृत्यु भएको छ । शनिबार बिहान यो समाचार तयार पार्दासम्म ७ लाख ९ हजार १९३ जना संक्रमित भएका छन् । उता बेलायतमा कोरोना भाइरसको संक्रमणबाट बितेको २४ घण्टामा ८४७ जनाको मृत्यु भएको छ । यो सँगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ हजार ५७६ पुगेको छ ।

एकैदिन ५ हजार ५९९ नयाँ संक्रमित फेला परेका छन् । शनिबार बिहानसम्म १ लाख ८ हजार ६९२ जनामा संक्रमण देखिएको छ । उनीहरुमध्ये ९३ हजार ७७२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने १ हजार ५५९ जनाको अवस्था चिन्ताजकन छ।

चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको महामारी अहिले युरोप तथा अमेरिकाका देशमा तीव्र फैलिएको छ । शनिबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ५४ हजार १२६ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा ८ हजार ६५३ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म कोरोना संक्रमितको संख्या २२ लाख ४८ हजार ३७ पुगेको छ । एकैदिन ८५ हजार ६७० नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ५ लाख ७० हजार ७९२ जना उपचारपछि घर फर्किएका छन् भने १५ लाख २३ हजार ११९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये ५६ हजार ९६७ जनाको अवस्था गम्भीर छ।

सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा ३१ हजार ११७ जनाको मृत्यु भएको छ । शनिबार बिहान यो समाचार तयार पार्दासम्म ७ लाख ९ हजार १९३ जना संक्रमित भएका छन् । त्यस्तै संक्रमणबाट इटालीका २२ हजार ७४५ जना नागरिकले ज्यान गुमाएका छन् । एकै दिन ५७५ जनाको मृत्यु भएको छ ।

शनिबार बिहान यो समाचार तयार पार्दासम्म कोरोना संक्रमितको संख्या १ लाख ७२ हजार ४३४ पुगेको छ । संक्रमितमध्ये ४२ हजार ७२७ उपचारपछि निको भएर घर फर्किएका छन् । १ लाख ६ हजार ९६२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये २ हजार ८१२ जनाको अवस्था गम्भीर छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको महामारी अहिले युरोप तथा अमेरिकाका देशमा तीव्र फैलिएको छ । कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट शनिबार बिहानसम्म मृत्‍यु हुनेको संख्‍या एक लाख ५४ हजार २ सय ९ पुगेको छ ।

जोन होप्किन्स विश्वविद्यालय कोरोना रिसोर्स सेन्टरका अनुसार शनिबार बिहानसम्म संक्रमितको संख्या २२ लाख ४३ हजार ५ सय १२ पुगेको छ । त्यस्तै शनिबार बिहानसम्म कोरोना संक्रमणपछि निको हुनेको संख्या ५ लाख ६९ हजार पुगेको छ ।

कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म अमेरिकामा सबैभन्दा बढी ३७ हजार ५४ जनाको मृत्‍यु भएको छ । अमेरिकामा मात्रै कोरोना संक्रमितको संख्या करिब ७ लाख रहेको छ भने निको हुनेको संख्या ५९ हजार ४ सय ५२ रहेको छ । अमेरिकापछि सबैभन्दा बढी इटालीमा २२ हजार ७ सय ४५ जनाको मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या एक लाख ७२ हजार रहेको छ भने ४७ हजार ७ सय २७ जना निको भएका छन् ।

त्यस्तै स्पेनमा २० हजार २ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या एक लाख ९० हजार रहेको छ । स्पेनमा करिब ७४ हजार निको भएका छन् । त्यस्तै युरोपेली मुलुक फ्रान्समा १८ हजार ७ सय ३ र बेलायतमा १४ हजार ६ सय ७ जनाको मृत्यु भएको छ ।

त्यस्तै बेल्जियममा ५ हजार एक सय ६३, इरानमा ४ हजार ९ सय ५८, चीनमा ४ हजार ६ सय ३६, नेदरल्यान्ड्समा ३ हजार ४ सय ७१, ब्राजिलमा २ हजार एक सय ७१, टर्कीमा एक हजार ७ सय ६९, क्यानडामा एक हजार ३ सय ५६, स्विजरल्यान्डमा एक हजार ३ सय २७, स्विडेनमा एक हजार ४ सय जनाको मृत्यु भएको छ ।

Leave A Reply

Your email address will not be published.