भारतमा कोरोनाको महामारी बढेका बेला ठूलो सहयोग गरे सलमानले

0

एजेन्सी – बलिउड अभिनेता सलमान खानले मजदूरलाई आर्थिक सहयोग गरेका छन् । उनले मजदूरको खातामा ३–३ हजार रकम सहयोग गरेका हुन् । कोरोना भाइरसविरुद्ध लड्न बलिउडका कयौ कलाकारले सहयोग गर्दै आएका छन् । भने अभिनेता शाहरुख खानले पनि क्‍वारेन्टाइन बनाउन आफ्नो कार्यालय दिएको भारतिय मिडियाले जनाएको छ ।

उनले क्‍वारेन्टाइन बनाउन कार्यालय मात्र नभई। ५० हजार पीपीई स्वास्थ्यकर्मीलाई उपलब्ध गराउने र दिनहुँ साढे पाँच हजार परिवारलाई खाना खुवाउने भएकाछन् । त्यस्तै सलमानले पनि २३ हजार मजदुरको खातामा सहयोग गरेको बताइएको छ । उनले पैसा मात्र नभई खानले २५ हजार कर्मचारीहरुलाई सहयोग गर्ने भारतिय मिडियाले जनाएको छ । उनले मजदुरको दैनिकी चलाउन आवश्यक सबै रकम बेहोर्ने जानकारी गराएका छन् ।

Leave A Reply

Your email address will not be published.