आज देशका यि स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन सबैलाई आग्रह

0

काठमाडौ, बैशाख ७ – आइतवार देशका केही स्थामा मौसम बदली भई देशका कतिपय भू–भागमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ देशका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित वर्षा हुनसक्ने देखिएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज आंशिकदेखि सामान्य बदली रही तराईका भेगमा आंशिक बदली हुनेछ । पहाडी भेगका केही स्थानमा साथै तराईका एक, दुई स्थानमा मेघगर्जन, चटयाङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ । त्यस्तै आज रातिको समयमा पनि यो क्रम जारी रहने मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.