बच्चाको लागि दुध लिन गएका बेला जनकपुरमा प्रहरीले सकडमै सुताएर लाठी बर्षाएपछि…

0

जनकपुरधाम । कोरोनाबाट बच्न सरकारले लगाएको लकडाउनको क्रममा बच्चाको दुध लिन गएका एक युवक जनकपुरमा नि’र्घात कु’टिएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ शिवचौक बस्ने कल्याण कुमार कर्णलाई लकडाउनमा चोकमा डयु’टिमा रहेका प्रहरीले नि’र्घात कु’टपिट गरेको हो । बच्चाका लागि दुध लिन गएको बेलामा प्रहरीले नि’र्घात रुपमा कु’टपिट गरेको भनेर उनले आफ्नो फेसबुक लाइभमा ब’यान दिएका छन ।विहानै कदमचोकमा उनलाई प्रहरीले पहिले सोधपुछ गरी बच्चाको दुध लिएर जाँदै गएको अवस्थामा सकडमा सुताएर ला’ठी प्र’हार गरेको हो ।

उनको जी’उभरि नि’लडाम देखिएको छ । उनले लाईभमा लकडाउन आफूहरुकै लागि हो भनेर बुझेपनि बच्चाको भोकले गर्दा खेरी दुध लिन जान पाउने अधिकार समेत खोसेको बताएका छन् ।प्रहरी प्रशासनले दुध, चामल, दाल, तरकारी सहित खाद्यान्न अत्यावश्यक वस्तुमा राखेको छ । दुधलाई नि’र्वाध रुपमा ओ’सारपोसार गर्न दिएपनि दुधकै लागि प्रहरीले कु’टपिट गरेको बताएको छ । कर्णले आफ्नो फेसबुक सञ्जालमा भिडियो राखेर न्या’यका लागि जिल्ला प्रशासन कार्यालय, प्रदेश २ का सरकार सहितका निकायलाई गु’हारेका छन् ।उनले फेसबुक सञ्जालमा ‘लकडाउनको पा’लना सबैलाई गर्नुपर्छ ।

लकडाउन हाम्रै लागि हो बुझ्नु पर्छ । तर दूध लिन जाँदा यसरी नि’र्ममता पूर्वक कु’टपिट गर्नु कहाँको न्या’य हो’ भनेका छन् ।उनले अगाडि थपे ‘कदमचौकबाट दूध लिएर आउँदा प्रहरीले मलाई रो’के र सोधे, तिमी कहाँबाट आउँदै छौ । मैले भने बच्चाका लागि दुध लिएर शिवचौक जाँदैछु । त्यति सुन्दै प्रहरीले ल’ठ्ठीबाट कु’टपिट गर्न थाल्यो । सडकमै सुताएर कु’टपिट गर्यो’ उनले रुदै आफनो बयान राखेका छन् ।यता, जिल्ला प्रहरी कार्यालय धनुषाले लकडाउनको बेला सि’स्टम अनुसार पालना नगरे तथा प्रहरीसँग दु’रव्यवहार दर्साएकोले समान्य ला’ठीचार्ज गरेको हुन सक्ने प्रतिक्रिया दिएको छ । भिडियो यहाँ छ

Posted by Kalyan Kumarkarn on Saturday, April 18, 2020

Leave A Reply

Your email address will not be published.