२०७७ सालमा फेरि लाग्दैछ सूर्य ग्रहण, ज्योतीष भन्छन्: ‘यी ८ राशीलाई पार्दैछ घातक प्रभाव’

0

काठमाडौं । सुर्य ग्रहण भनेको आकासिय पिण्डहरुमा हुने प्रभाव हो । यो ग्रहले कुनै राशिलाई राम्रो असर पार्छ भने केहीलाई नराम्रो असर पार्नेछ । २०७७ सालमा लाग्ने सुर्यग्रहरणले ८ वटा राशिलाई नकारात्मक असर गर्नेछ । ज्योतिष प्रेम शर्माले यो वर्षको सुर्यग्रहण असारको ७ गते आइतवारका दिन सुर्यग्रहण लाग्ने (२१ जुन २०२० ) मा ग्रहण लाग्ने र १२ घण्टा अगाडीवाटै सुतक लाग्ने बताएका छन्।

उनले विहान १० वजेर ५० मिनेटमा सुरु १२ वजेर ३८ मिनेटमा मध्य हुने बताएका छन् । त्यस्तै २ वजेर २३ मिनेटमा अन्त्य हुने बताएका छन् । ३ घण्टा ३३ मिनेट सम्म रहने सुर्य ग्रहणले राशिलाई असर भने डेढ महिना सम्म प्रभाव पार्ने बताएका छन् ।

यो वर्षको ग्रहण मिथुन राशिमा लाग्ने ज्यातिषले बताएका छन् । सुर्यवाट आउने विकिरणका कारण ग्रहमा असर गर्ने बताएका छन् । त्यसले मानिसको जिवनसंग जोडिएका विषयमा असर गर्नेछन् । खण्डग्रास सुर्यग्रहण लाग्ने ज्यातिषले दावी गरेका छन् । उनले ग्रहणको बेलामा भोजन बार्नेुपर्ने (सुर्यवाट आएका विकिरणका कारण खराव गर्ने भएकाले) बताएका छन् ।

दुध, दही, मोही मह जस्ता विषयलाई पुन प्रयोग गर्न सकिने त्यसरी प्रयोग गर्न कुशको टुक्रा राख्नुपर्ने बताएका छन् । पकाएर राखेका खानेकुरा, मैथुन बार्नुपर्ने बताएका छन् । यात्रा गर्नुपर्दा कुशको टुक्रा वा मयुरको प्वाँख लिएर हिड्नुपर्ने बताएका छन् ।

ग्रहणले राम्रो फल दिने राशिहरुमा मेष, सिँह, कन्या, मकर छन् भने ग्रहणले नराम्रो फल दिने राशिहरुमा नराम्रो वृष, मिथुन, कर्कट, तुला, वृश्चिक, धनु, कुम्भ, मिन रहेका छन्।

ज्योतिषले यहाँ उल्लेख गरेका राशलाई के कस्ता असर गर्छ भन्ने पनि खुलाएका छन् । त्यो प्रभाववाट पार पाउन सक्ने उपायका बारेमा पनि उनले बताएका छन् । उनले प्रभाव पारेपछि त्यसवाट आत्तिन नहुने बताए । आकाशिय पिण्डका कारण हुने परिवर्तनले पृथ्वीमा हुने ब्यक्तिलाई पनि प्रभाव पार्ने बताएका छन् । त्यसको असर बढीमा डेढ महिना सम्म हुने बताएका छन् । भिडियो हेर्नुहोस:

Leave A Reply

Your email address will not be published.