भाडा तिर्न नसक्दा घरभेटीले निकालिदिए, १५ दिन देखि भोकै छु

0

पोखरा । पोखरामा एउटा कोठामा बसेका यि बाबु छोरा महिनाको २ हजार ५ सय रुपैया तिर्छन । सरकारले लामो समय देखि घोषणा गरेको लकडाउनका कारण काम छुट्यो । काम छुटेपछि उनीहरुको आम्दानी गर्ने बाटो हरायो । त्यसैले उनीहरुले घरभाडा तिर्न सकेनन् । दुई महिनाको घर भाडा थपिएपछि उनीहरु बाबुछोरालाई घरभेटीले घरवाट निकालिए । पोखरा महानगरपालिका वडा नं ११ मा भाडामा बस्ने स्याग्जा अर्जुन चौतारीका यि बाबु छोराले लामो समय बाटोमै गुजारे ।

घरभेटीले घरवाट निकाले पछि सडकमा बसेको पनि ११ दिन भयो । गोजीमा एक सुको पनि नभएपछि उनीहरु घर जान पनि सकेनन् । वाटोमै बसेको देखेपछि वरपर देख्नेहरुले उनीहरुलाई एक गास खान दिए । कसैले वडा कार्यालयमा गए पछि राहत पाइन्छ भनेर सुनाएपछि उनीहरु वडा कार्यालयमा पनि गए तर वडा कार्यालयले नागरिकता लिएर आउनु अनि मात्र राहत दिन्छौं भने । तर उनीहरुसंग नागरिकता पनि थिएन । त्यसैले राहत पनि पाएनन् ।

छोराले भने, दुई महिनाको भाडा तिरेका थिएनौं, हामीले काम गर्ने ठेकेदारले घरभेटीलाई मैले भाडा तिरिदिन्छु बस्न दिनुस् भन्दा पनि घरभेटीले मानेन । उनले आफुहरुको भाडाकुडा पनि घरभेटीले घरवाट वाहिर फालिदिएको बताए । घरमा बसेका बृद्ध बुवालाई पनि बाहिर निकालिदिएका थिए । अहिले कोठा छोडेर हिडेको १५ दिन भएको बताए । विरेन्द्रचोकमा रहेको भाडाको कोठामा बसेका उनीहरु पोखराको विभिन्न चोकमा बस्दै आएका छन् । उनीरुले केही दिन एउटा चोकमा विताउँछन् भने अर्को दुई चार दिन अर्को चोकमा बसेर दिन विताइरहेका छन् ।

पोखरा महानगरपालिका वडा नं ११ रानिपौवा नजिक रहेका उनीहरुका बारेमा समाचार वाहिरिएपछि महानगरपालिकाले केही खाद्यान्न सहयोग गरेको छ । तर उनीहरुसंग पकाउने ग्यास छैन त्यो खाद्यान्न कसरी पकाएर खाने ? त्यो राहत पनि बोकेर त्यसै बसिरहेका छन् । महानगरपालिकाका प्रतिनिधिले आफुहरुलाई आएको निर्देशन अनुसार काम गर्दा समस्या भएको बताए । पारदर्शिता देखाउन पनि कागज पत्र आवश्यक पर्ने भएकाले कतिपय अवस्थामा भने समस्या उत्पन्न भएको बताए । राहत दिँदा पनि पकाएर खाने अवस्था नभएपछि महानगरपालिकाले खाना पकाएर खुवाउने कामपनि सुरु गरेको बताए । महानगरपालिकाले त्यसरी घरवाट निकाल्ने घरभेटीलाई कारवाही गर्ने बताए ।

Leave A Reply

Your email address will not be published.