अमेरिकामा कोरोनाबाट ४० हजारको मृत्यु, दैनिक मृत्यु संख्या घट्दै

0

काठमाडौँ, ८ वैशाख । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४० हजार नाघेको छ । त्यहाँ अघिल्ला दिनहरुको तुलनामा दैनिक मृत्यु संख्या भने केही घटेको छ ।

यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना भाइरसका कारण ४० हजार ५४८ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ । जसमध्ये आइतबार मात्र त्यहाँ कोरोना संक्रमणका कारण १ हजार ५३४ जनाले ज्यान गुमाएका छन् ।

यसअघि काेराेना संक्रमणबाट दैनिक मृत्यु संख्या (अप्रिल १५ मा) २ हजार ६१८ सम्म पुगेकाे थियाे । शुक्रबार त्यहाँ १ हजार ८६७ जनाले काेराेनाका कारण ज्यान गुमाएका थिए भने शनिबार याे संख्या अझ घटेर १ हजार ५३४ पुगेकाे थियाे ।

हालसम्म अमेरिकामा कोरोना संक्रमित संख्या ७ लाख ६४ हजार ३०३ पुगेको छ । आइतबार २५ हजार ५११ जना नयाँ संक्रमित थपिएका छन् । शनिबार पनि त्यहाँ २ हजार ५११ नयाँ संक्रमित फेला परेका थिए । यससँगै हालसम्म ७१ हजारभन्दा बढी कोरोना संक्रमणबाट पूर्ण रुपले निको समेत भइसकेको जनाइएको छ ।

त्यहाँकाे सबैभन्दा बढी प्रभावित राज्य न्यूयाेर्कमा मात्रै काेराेना संक्रमणका कारण ज्यान गुमाउनेकाे संख्या १८ हजार २९८ पुगेकाे छ । अातइतबार त्यहाँ एकै दिनमा ६२७ जनाकाे मृत्यु भएकाे छ भने ६ हजार १७४ नयाँ संक्रमित थपिएका छन् । यससँगै न्यूयाेर्कमा मात्रै काेराेना संक्रमितकाे संख्या २ लाख ४७ हजार नाघेकाे छ ।

हेर्नुहाेस् सबैभन्दा बढी प्रभावित १५ राज्यकाे पछिल्लाे अवस्था-

Leave A Reply

Your email address will not be published.