मिडिया र जनताको आवाजले ममाथिको कारबाही रोकियो

0

काठमाडौं। टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले मिडिया र जनताको आवाजले आफूलाई कारबाही गर्नबाट सरकार पछि हटेको बताएका छन्।

स्वास्थ्य मन्त्रालयबाट आफूलाई चिठी लेख्नेदेखि धम्की दिनेसम्मका काम भएका तर मिडियाकै कारण ती सबैबाट मन्त्रालय ब्याक भएको उनले बताएका छन्।

डा.पुनसँगको विस्तृत अन्तर्वाता आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

‘धेरै मिडियाले मलाई साथ दिनुभयो। शेरबहादुर पुनलाई व्यक्तिगत रुपमा माया गरेर होइन, एउटा पेसाकर्मीलाई हतोत्साहित गर्न पाइँदैन भनेर उहाँहरुले लेख्नु भएको हो,’ पुनले भनेका छन्।

उनले आगामी दिनमा पनि देश र जनताको स्वास्थ्यमा नियमित योगदान दिने र संक्रामक रोगको विषयमा जनतालाई नियमित सुसूचित गराउने कुरामा आफू निरन्तर लागिरहने प्रतिवद्धता व्यक्त गरेका छन्।

Leave A Reply

Your email address will not be published.