अमेरिकी राष्ट्रपति ट्रम्पको अभिव्यक्तिप्रति चीनको कडा आ’पत्ति
एजेन्सी । चीनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिलाई लिएर कडा आ’पत्ति जनाएको छ । राष्ट्रपति ट्रम्पले कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ भनेपछि चीनले कडा आप’त्ति जनाएको हो ।
राष्ट्रपति ट्रम्पले सो अभिव्यक्ति दिएपछि चिनियाँ विदेश मन्त्रालयले त्यसप्रति कडा रुपमा आपत्ति जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकालाई चेत’वानी दिँदै भने, ‘चीनलाई दुव्र्य’वहार गर्नुअघि उनीहरुले ‘उनीहरुको काममा ध्यान केन्द्रीत’ गर्नुपर्छ ।’
अमेरिकी राष्ट्रपति ट्रम्पले सोमबार ट्वीट गर्दै कोरोना भाइरसलाई चिनियाँ भाइरसको संज्ञा दिएका थिए । चीनको वि’रोध गर्दा पछिल्ला दिन ट्रम्पले पटक–पटक कोरोनालाई चिनियाँ भाइरस भन्दै आएका छन् ।
पछिल्लो साता चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले पनि कोरोना भाइरस फैलाएको दो’ष अमेरिकी सेनामाथि लगाएका थिए । उक्त आरोपको अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले चीनले गलत हल्ला फैलाएको भन्दै आ’पत्ति जनाएका थिए ।
चीनको उहानबाट सुरु भएको कोरोना महामारीले विश्वका १ लाख ९० हजारभन्दा बढी संक्रमित भैसकेका छन् भने करिब ८ हजारको मृ’त्यु भइसकेको छ ।