गायिका सरिश्माले ल्याइन् ढुकढुक

0

विजय थापा,डिसी। अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमै बस्दै आएकी लोकप्रिय गायिका सरिश्मा अमात्यले घर भित्र बसेर ढुक ढुक गर्ने नामक बोलको गीत सार्वजनिक गरेकी छिन् ।

कोरोना भाइरसबाट सबै भन्दा संक्रमित राष्ट्र अमेरिका भएको अवस्थामा मेरिल्याण्ड राज्यमा घरमै बस्ने कार्यकारी आदेश भएकोले उनले लक-डाउन(हिडडुल बन्देज)जस्तै भएको अवस्थामा कलाकार भएको नाताले गीत सार्वजनिक गरेकी छिन् ।

बिगत ३० दिन देखि घरभित्र नै सीमित भएको अवस्थामा उनले केही गरौ भनेर मेरिल्याण्ड राज्यमै उनको आफ्नो घर भित्रै छायाँकन गरि गीत युट्युब मार्फत सार्वजनिक गरेकी हुन् ।

गायिका अमात्य एक व्यवसायी पनि हुन् भने उनका पति चर्चित गायक संजिप प्रधान हुन् । दुवै दम्पत्ति बेलाबेलामा समुदायका कार्यक्रममा अमेरिका बाहिर र अन्य समुदायका सांगीतिक कार्यक्रममा प्रस्तुत गर्दै आई रहेका छन् ।

गायिका अमात्यले मधुरीमा-२ वाट ढुक ढुक गर्ने गीतलाई नयाँ रुपमा प्रस्तुत गरेकी छिन् । उक्त गीतलाई सङ्गीत अनिल शाहीले दिएका छन् भने शब्द जनक दीपको रहेको छ ।

सम्पूर्ण छायाँकन मेरिल्याण्डमै गरीएको हो । उक्त गीतको निर्देशन,छायाँकन र सम्पादन गायक संजिप प्रधानले गरेका हुन् । उक्त गीत अप्रिल १८ ,२०२० मा सार्वजनिक गरिएको छ ।

Leave A Reply

Your email address will not be published.