तिमी छैनौ भएर यो जवानी के गर्नु

0

“सुमन स्मारिका” घरी घरी लाग्ने गर्छ जिन्दगानी के गर्नु तिमी छैनौ भएर यो जवानी के गर्नु न खान दिन्छ न भोक मेटाउँछ पेटको  त उसको पनि राहदानी के गर्नु पोखिन देउ बगरले प्यास त मेट्ला थोरै राखेर आँखामा यति धेरै पानी के गर्नु

गर्न त गरिन्छ नि रोज दुःखको कारोबार हुँदैन अलिकति पनि आम्दानी के गर्नु शंका पनि सहि ठाउँमा गर्न सक्नुपर्छ साहेब फाइदा नहुने ठाउँमा गरेर लगानी के गर्नु

Leave A Reply

Your email address will not be published.