लकडाउनलाई खुकुलो पार्दै

0

काठमाडौं, ८ बैशाख । कोरोना भाइरस संक्रमणको महामारी रोकथामका लागि भारतमा लगाइएको लकडाउन केही खुकुलो पारेको छ ।

भारतले लकडाउन अन्तर्गतका केही प्रतिबन्धहरूलाई खुकुलो पारेको हो । यसको आधाभन्दा बढि फाइदा कृषि क्षेत्रलाई हुनेछ ।

कृषि व्यापार मुख्यगरी खेतीपाती, माछापालन र बगानहरूलाई लक्षित गरेको छ। किसानलाई बाली काट्न छुट दिइनेछ ।

अब अघिल्लो हप्ता घोषणा गरिएका केही प्रतिबन्धहरू कार्यान्वयन नहुने बताइएको छ । कोरोनाभाइरस सङ्क्रमणको केन्द्रबिन्दु देखिएका भारतका सबै मुख्य शहरहरुमा भने पूर्ण रुपमा लकडाउनकै नियम रहने बताइएको छ । घरेलु तथा अन्तर्राष्ट्रिय उडानहरू र अन्तरप्रादेशिक यात्रा बन्द नै रहनेछ ।

Leave A Reply

Your email address will not be published.