लकडाउनमा विवाह गर्दा अब यस्तो नियम पालना गर्नुपर्ने

0

कञ्चनपुर। सरकारले कोरोना फैलन नदिन लकडाउन घोषणा गरेका कारण सर्वसाधारणलाई घरमै बस्न आग्रह गरिएको छ । घरमै बसेर कोरोना फैलन नदिन सरकारलाई सहयोग गर्न आग्रह गरिएको हो । यस्तो अवस्थामा सामाजिक र सांस्कृतिक काम गर्न अप्ठेरो परेको छ । यदि कसैले लकडाउनको समयमा विवाह गर्न चाहेमा के गर्ने त ? कञ्चनपुरमा विवाह गर्दा पाँचजना मात्रै सहभागी हुन पाउने भएका छन् ।

लकडाउनका वेला लागू गरिएको नियम पालना गर्न भन्दै जिल्ला प्रशासन कार्यालयले विवाहमा पाँचजना मात्र सहभागी हुन पाउने सूचना जारी गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले एक सूचना जारी गरी विवाहमा अधिकतम पाँचजना मात्र सहभागी हुन पाउने उल्लेख गरिएको छ । त्यसैगरी कोरोनाको सम्भावित संक्रमण हुन नदिन सामाजिक दूरी कायम गर्न पनि सूचनामा भनिएको छ ।

कोरोना भाइरसको त्रा सका कारण कञ्चनपुरमा विवाह तय भइसकेका अधिकांशले विवाह स्थगित गरिसकेका छन् । विवाह गर्दा सवारी पास आवश्यक नपर्ने जनाउँदै प्रशासनले सम्बन्धित स्थानीय तहको सिफारिस, शुभविवाह ब्यानर राख्ने, प्रहरीसँग समन्वय गर्ने, बेहुला–बेहुली, पण्डित र पूजा सामान राख्न निर्देशन दिएको छ ।

हिमा गाउँपालिकामा एम्बुलेन्स सेवा सञ्चालन जुम्लाको सिञ्जा भेगमा पर्ने हिमा गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । गाउँपालिकाले यहाँका स्थानीयवासी बिरामी हुँदा स्वास्थ्य संस्थामा उपचार गर्न लैजानका लागि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो ।

आकस्मिक सेवा प्रवाहका लागि गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले बताए । उहाँले भने, “स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा एम्बुलेन्स गाउँपालिकामा पुगेको हो ।”

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाका अनुसार राजश्व छुट गरेर रु १० लाखमा पालिकाले एम्बुलेन्स खरिद गरेको हो । उहाँले भन्नुभयोे, “एम्बुलेन्स सेवा सञ्चालनले यहाँका जटिल प्रकृतिका बिरामीलाई जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा लैजान सहज भएको छ ।”

यस गाउँपालिकामा एक प्राथमिक स्वास्थ्य केन्द्रसहित तीन स्वास्थ्यचौकी र चार सामुदायिक स्वास्थ्य केन्द्र छन् । अहिले सबै स्वास्थ्य संस्थामा तीन महिनालाई पुग्ने औषधि भण्डारण गरिएको छ तर स्वास्थ्य संस्थाबाट सिफारिस भएर आउने बिरामी हेर्ने प्रथामिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा निकै समस्या छ ।

प्रथामिक स्वास्थ्य केन्द्रमा चिकित्सकको दरबन्दी हुँदा पनि स्वास्थ्य मन्त्रालयले नपठाउँदा यहाँका जटिल प्रकृतिका बिरामी सुविधासम्पन्न अस्पताल लैजान समस्या हुने गरेको थियो । पालिकाले नै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएपछि अब सहज हुने भएको वडाध्यक्ष मुनबहादुर बुढाले बताए ।

Leave A Reply

Your email address will not be published.