उतर कोरियाली नेता किम जोङ उन गम्भीर बिरामी परेको पश्चिमा सञ्चारमाध्यमहरुको दावी

0

एजेन्सी, ०९ बैशाख । उतर कोरियाका सर्वोच्च नेता किम जोङ उन गम्भीर बिरामी रहेको हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यही महिना नेता किम जोङको हजुरबुबाको जन्मजयन्ती रहेको र जन्मजयन्ती समारोहमा उनी सहभागी भएका थिएनन् । यही अनुपस्थितीलाई पनि उनी गम्भीर बिरामी परेको हुनसक्ने आंकलन पश्चिमा सञ्चारमाध्यमहरुको रहेको छ ।

एउटा शल्यक्रियापछि उनी गम्भीर बिरामी परेको अमेरिकी गुप्तचर निकायलाई उद्धृत गर्दै सिएनएनले उल्लेख गरेको छ ।

नेता किम जोङ हजुरबुबाको जन्मउत्सवको चार दिनपछि अप्रिल ११ को सरकारी बैठकमा भने सहभागी भएको जनाइएको छ । तर जन्मउत्सवमा सहभागी नहुनुलाई महत्त्वपूर्ण घटनाको संकेत गरेकाे पश्चिमा सञ्चारमाध्यमहरुको दावी छ ।

Leave A Reply

Your email address will not be published.