लकडाउनको बेला सुत्केरी श्रीमती र छोरी अस्पतालमा छोडेर फरार भए श्रीमान, फोन गर्छे भनेर श्रीमानले गरे सिम ब्लक (भिडियो)

0

नेपालमा लकडाउनको तीन साता भन्दा बढी पुगेको छ। लकडाउनले दैनिक ज्यालादारी, मजदुरी र सानोतिनो व्यवसाय गरेर जीवन निर्वाह गर्ने वर्गलाई बिहान बेलुका खान समेत समस्या परिरहेको छ। सामान्य जागिर गर्ने, महिना पुगेपछि आउने तलबले गुजारा चलाउने ठूलो परिवार नेपालमा छ, उनीहरूलाई समेत लकडाउनको समयमा घरभित्र रहँदै गर्दा आर्थिक समस्या सुरु भइरहेको देखिन्छ।

लकडाउनको बेला पोखरामा एक जना सुत्केरी अलपत्र परेकी छन् । तनहुँको काहुँशिवपुरी २१ वर्षिया सुत्केरी मोनिका माझि लकडाउनका कारण पोखरामा अलपत्र परेकी हुन् । घरमा पहिला श्रीमती हुदा हुदै उनका श्रीमान्ले उनलाई बिहे गरेर ल्याएका थिए । उनि सुत्केरी हुने बित्तिकै अस्पतालमा छोडेर श्रीमान भागेको उनले आरोप लगाएकी छन् । उनलाई अहिले पोखरामा समाजसेवी प्रमीला तज्याले उनको संरक्षणको जिम्मा लिनुभएको छ ।

माझीले आफ्नो बच्चाको तौल नपुगेर यहाँ आएको बताएकी हुन् । अहिले लकडाउनले गर्दा उनलाई निकै समस्या परेको छ तर घरबाट कसैले पनि सम्पर्क गरेका छैनन् । अहिले फोन नम्बर पनि ब्लक गरेर राखेको उनले बताएकी छन् । मेरो श्रीमानले पहिले पनि बिहे गरेका रहेछन त्यो मलाई पछि मात्र थाहा भयो । उनको र मेरो भेट काठमाण्डौमा भएको थियो मलाई झुट बोलेर उहाले बिहे गर्नु भयो अहिले मलाई अस्पतालमा छोडेर आफु सम्पर्कबिहीन हुनुभएको देख्दा निकै दुख लागेको उनले बताएकी छन् । यसैबीच हामीले उनै मोनिका माझी र प्रमिला तज्यासंग कुराकानी गरेका छौँ । हेर्नुहोस यो भिडियो ।

Leave A Reply

Your email address will not be published.