विश्वकै सुन्दर महिलाको सूचीमा नेपाली चेली मनिता देवकोटा

0

काठमाडौ। मिस नेपाल–२०१८ मा सहभागी भएको मनिता देवकोटा विश्वकै सबैभन्दा सुन्दर महिला सूचीमा छनोट भएकी छन् । भारतीय टेलिभिजन जी न्युजका अनुसार ‘मिस युनिभर्सकी’अन्तर्गत ‘उत्कृष्ट दस’मा परेकी मनितालाई ‘संसारकै सबैभन्दा सुन्दर महिलाको सूची’मा समावेश गरिएको हो।

मिस युनिभर्स २०१८ मा नेपालको प्रतिनिधित्व गरेकी मनिता देवकोटा टप १० मा पुगेर बाहिरिएकी थिइन् । थाइल्याण्डको बैंककमा आयोजित अन्तिम प्रतिस्पर्धामा देवकोटा यसअघि एसिया तथा अफ्रिका क्षेत्रका उत्कृष्ट पाँच प्रतिस्पर्धीमा पर्न सफल भएकी थिइन् ।

अमेरिका, युरोप र एसिया प्यासिफिक तथा अफ्रिका गरी तीन महादेशका उत्कृष्ट ५ छनौट गरी १५ जना र ५ जना वाइल्ड कार्डमार्फत् गरी टप २० छनौट गरिएको थियो । मनिता एसिया प्यासिफिक तथा अफ्रिकाका तर्फबाट तेस्रो नम्बरमा परेकी थिइन् ।

त्यसपछि हरेक प्रतिस्पर्धीलाई आफ्नो बारेमा १५ सेकेण्डको मन्तब्य दिने अवसर दिइएको थियो । यही मन्तब्यका आधारमा टप १० प्रतिस्पर्धीको छनौट गरिएको थियो । मनिता देवकोटा हाल अमेरिकामा बस्दै आएकी छन् ।

Leave A Reply

Your email address will not be published.