भारतको राष्ट्रपति भवनमा एक व्यक्तिमा कोरोना भाइरस संक्रमण भएको पुष्टि
एजेन्सी, ०९ बैशाख । भारतको राष्ट्रपति भवनमा एक व्यक्तिमा कोरोना भाइरस अर्थात कोभिड १९ को संक्रमण भएको पुष्टि भएको छ ।
भरतीय समाचार एजेन्सी एएनआईले ती व्यक्तिमा कोरोना भाइरस पुष्टी भएको जनाएको छ । सो व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै भारतीको स्वास्थ्य मन्त्रालयले १ सय २५ परिवारलाई सेल्फ-आइसोलेशनमा बस्न सल्लाह दिएको छ ।
भारतमा हालसम्म १८ हजार ६०१ जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । जसमध्ये ५९२ को ज्यान गइसकेको छ ।