भारतसँगको सीमा क्षेत्रमा सिसिटिभी क्यामरा जडान

0

बारा– नेपाल भारत सीमानजिक रहेको सन्तगञ्जमा बाराको सुर्वण गाउँपालिकाले सिसिटिभी क्यामरा जडान गरेको छ । सुवर्ण गाउँपालिका–३ स्थित सन्तगञ्जमा सिसिटिभी क्यामरा सञ्चालन गर्नुका साथै सहायता कक्ष पनि स्थापना गरिएको हो ।

बाराको महागढीमाई नगरपालिका–१ स्थित गढीमाई मन्दिरमा लागेको पञ्चवर्षीय मेलालाई दृष्टिगत गर्दै सो सहायता कक्ष राखिएको गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवले जानकारी दिए ।

सीमा क्षेत्रमा हुने अपराधलाई नियन्त्रण गर्न स्थानीय प्रहरीको साझेदारीमा गाउँपालिकाले गरेको कामले यस क्षेत्रको आपराधिक गतिविधि नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

कांग्रेस कहाँ छ भनेर साेध्नेहरुलाई उपचुनावकाे परिणामले जवाफ दियाे : प्रवक्ता शर्मा
कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले उपचुनावकाे परिणामले सरकारप्रति जनताको असन्तुष्टि बढेको पुष्टि भएकोे बताउनुभएको छ ।मंसिर १४ गते भएको उपचुनावकाे अन्तिम परिणामपछि कांग्रेसले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले सरकारप्रति असन्तुष्टि बढ्दै गएको पुष्टि उपचुनावले गरेको बताउनुभयो ।

उहाँले कांग्रेसले उपचुनावमा परिणामलाई भन्दा निर्वाचनको प्रकृयालाई ध्यान दिँदा निस्पक्ष र भयरहीत वातावरणमा निर्वाचन भएको बताउनुभयो । उहाँले सरकार चुनावलाई भयरहीत र निस्पक्ष बनाउन भन्दा निर्वाचन आयोगको आचारसंहितालाई उलंघन गरी प्रदेश प्रमुखहरुको पदलाई रिक्त गर्ने र नयाँ नियुक्त गर्ने तथा मन्त्री मण्डलको पुर्नगठन गर्न केन्द्रित भएको आरोपसमेत लगाउनुभयो ।

यस्तो अवस्थामा कांग्रेसले केही स्थानीय तह गुमाएको भए पनि उपत्यकाको भक्तपुर र धरान उपमहानगरपालिका लगायतका महत्वपूर्ण स्थानमा जित हासिल गरेको बताउनु भयो । प्रवक्ता शर्माले उपचुनावकाे परिणामले कांग्रेस कहाँ छ भन्नेहरुलाई जवाफ दिएको समेत बताउनुभयो ।

उहाँले मतदाताले दूरगामी अर्थ राख्नेगरी सन्देश दिएको भन्दै नेपाली कांग्रेस हरेक मतप्रति प्रतिबद्ध रहेको समेत बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.