यो साता चम्किलो छ यी ६ राशिको भाग्य, कुन हो तपाईको राशि ?

0

यी ६ राशिका लागि यो साता अति शुभ छ। धन आर्जन, परिवार भेट, प्रेममा सफलता आउने यो साताको योग रहेको छ। यो साता राम्रो ग्रहफल भएका ६ राशिहरु यसप्रकार रहेका छन्।

मिथुन : साता उत्साहप्रद तथा विभिन्न खाले मनोरञ्जनले बित्नेछ । धार्मिक भ्रमण गर्दा प्रेमिकाले नौलो धातु उपहार प्रदान गर्न सक्छिन् । योजनाबिना साथीसँग नयाँ स्थानको भ्रमण गर्दै मिष्ठान्न भोजनको रसापान लिइनेछ । पुख्र्यौली धन खर्च गरी सवारी साधन खरिद गर्नै मत मिल्नेछ ।

सिंह : यो साता पूर्वतर्फको यात्रा गर्ने अवसर जुर्नेछ । कार्य व्यस्तताका कारण घरपरिवारमा खटपट हुन सक्छ, जसलाई निर्मूल गर्न घरपरिवारमा समय खर्चिनुपर्ने हुन्छ । मन पराउने तथा प्रेम प्रस्ताव राख्नेहरूसँग सचेत रहनु नै आफ्नो हितमा हुनेछ । मंगलबारपछिका दिनहरूमा पूण्य आर्जन गर्न आस्था बढ्नेछ ।

तुला : मेहनत, कर्मठ, लगनशीलताले प्रतिष्ठा दिलाउनेछ । मित्रहरूले महत्वपूर्ण जिम्मेवारी प्रदान गर्नेछन्, धैर्य भई कार्य गरेमा कार्य सम्पन्न गर्न सक्नुहुन्छ । प्रतिस्पर्धीहरूलाई पछि पार्दै पुरस्कार उपहार प्राप्त गर्ने अवसर प्राप्त हुनेछ । धार्मिक यात्रामा जाँदा विशिष्ट व्यक्तिसँग भलाकुसारी हुनेछ ।

वृश्चिक : सहपाठी मित्रहरूबीच कार्यगत एकता भै नयाँ कार्यको श्रीगणेश गरिनेछ । आकर्षक रोजगारी हात लाग्दा साथीभाइबीच चर्चित भइनेछ । ठूलो लगानी गरी व्यवसाय प्रारम्भ गर्दा विदेश यात्राको मौका जुर्नेछ । मनोरञ्जनात्मक क्रियाकलापमा सहभागी हँुदा विवेक पु¥याउनुपर्नेछ । घरायसी सजावटमा नवनिर्मित सामग्री खरिद गरी अरूको प्रशंशा बटुल्न सकिनेछ ।

मकर : आध्यात्मिक चिन्तनले समाजसेवातर्फ अभिप्रेरणा जगाउन सक्छ । पहिलेका कमजोरीहरू सच्याउँदै बिग्रिएको सम्बन्ध पुनः सुमधुर बनाउन सकिनेछ ।अध्ययन अध्यापनमा ध्यान केन्द्रित हुनेछ । काम देखाएर धेरैको प्रशंसा बटुल्न सकिनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष कामको जग बसाउन सकिनेछ । व्यावसायले विदेशयात्राको अवसर जुटाउन सक्छ ।

कुम्भ : तपाईंको निर्णय क्षमताले विभिन्न अवसरको ढोका खोल्नेछ । प्रतिस्पर्धाबाट सफलाको इनाम प्राप्त हुनेछ । आवेशबाट गरिएका कार्यले परिणामको नजिक पुग्न कठिन हुनेछ । पहेंलो रंग प्रयोग गर्नाले शुभ संकेत प्राप्त भै पश्चिमतर्फको यात्रा लाभदायक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.