उपनिर्वाचनको सरकारलाई संदेश, ‘शैली सच्चाऊ, नत्र सकिन्छौं’ : गगन थापा

0

काठमाडाैं– नेपाली कांग्रेसका नेता गगन थापाले भर्खरै सम्पन्न उपनिर्वाचनले सरकारलाई सच्चिन संदेश दिएकाे बताएका छन्। उनले सरकारले शैली नसच्चाए सक्किने बताए।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘उप-चुनावले नेकपालाई स्पष्ट सन्देश दिएको छ- सरकारको शैली सच्याउ नत्र सकिन्छौं। सच्चिने वा सक्किने उसको कुरा!’

नेता थापाले उपनिर्वाचनले कांग्रेसलाई पनि संदेश दिएकाे बताए। ‘सन्देश हामीलाई पनि त छ- ‘नेकपासँग बिरक्तिएको मनलाई तिम्रो मतमा बदल्न चाहन्छौ भने पहिला आफैं बदलिउ मतदाताको यो सन्देशलाई बुझ्ने कि पछि पछुताउने यो हाम्रो कुरा!’

Leave A Reply

Your email address will not be published.