कोरोनाभाइरस सङ्क्रमित लगातार बढेपछी उदयपुर जिल्ला सील गर्ने प्रदेश सरकारको निर्णय

0

काठमान्डौ , उदयपुर जिल्लामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या लगातार बढिरहेको छ ।उदयपुरको भुल्केमा थप ८ जनामा कोभिड–१९ को संक्रमण रहेको पुष्टि भएको छ । थप ८ जनामा कोरोना संक्रमण पुष्टि भए संगै प्रदेश सरकारले मंगलबारबाट पुरै जिल्लालाई चारैतिरबाट सील गर्ने निर्णय गरेको छ । उदयपुरबाट अन्य जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि यस्तो निर्णय गरेको हो ।मंगलबार धरानमा गरिएको पुनः परीक्षणमा ८ र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा कोरोना देखिएको हो।

सोमबार विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ८ जनामा पोजेटिभ देखिएपछि थप परीक्षण गर्न धरान पठाइएको थियो। संक्रमित आठै जना धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा छन्। योसँगै नेपालमा संक्रमित हुनेको संख्या ४० पुगेको छ। जसमा ५ जना निको भएर घर फर्किएका छन्।गत शुक्रबार भुल्केमा रहेको उक्त मस्जिदमा रहेका १६ मध्ये एकैपटक १२ जनामा कोरोना संक्रमण देखिएको थियो।

Leave A Reply

Your email address will not be published.