जंगलमा भेटिए ११ जना भारतीय मुस्लिम

0

इटहरी । सुनसरीको इटहरी २० तरहराको जंगलमा ११ जना भारतीय नागरिक भेटिएका छन । लकडाउन भए सँगै सुनसरीको तरहराको चारकोशे झाडीमा फेला परेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।

फेला परेका विदेशी नागरिक सबै भारतका मुस्लिम समुदायका हुन् । उनीहरू भोजपुरमा काम गर्नका लागि आएको र लकडाउनले जान नपाए पछि तरहराको खोटो कम्पनी छेउमा बस्दै आएको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी धर्मराज भण्डारीले जनाए ।उनीहरु करिब एक महिना देखि त्यही बस्दै आएका रहेछन डिएसपी भण्डारीले भने ।

उनीहरुलाई एम्बुलेन्समा राखेर इटहरी अस्पताल लगिएको प्रहरीले बताएको छ । उनीहरुको र्यापिट टेष्ट गरि क्वारेन्टाईनमा राख्ने तयारी भइरहेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ । उनीहरु तरहरामा बस्दै आएको स्थानीय सर्वसाधरणहरुले बताएका थिए ।

केहि दिन अघि पनि मोरङ र सुनसरीको मस्जिदमा फेला परेका विदेशी नागरिकलाई दुवै जिल्लाको प्रशासनले ज्वरो र स्वाब जाँच गराएर होम क्वारेन्टाइनमा राखेको छ । भारतीय नागरिकहरु लुकिछिपि नेपाल भित्रन सक्ने भन्दै प्रहरीले बोर्डर क्षेत्रमा कडाई गरिरहेको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.