विश्व स्वास्थ्य संगठनकाे चे’तावनी- ‘को’रोना भाइरसले अझै ख’राब स्थिति निम्त्याउनेछ’

0

एजेन्सी, १० वैशाख । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले को’रोना भाइरस म’हामारीका बारेमा ग’म्भीर चे’तावनी दिएको छ । संगठनका महानिर्देशक डा. टेड्रोस एडहानम घेब्रेयेसले को’रोनाकै कारण विश्वमा अझै ख’राब स्थिति आउन बाँकी रहेको चे’तावनी दिएका हुन् ।अमेरिकाले विश्व स्वास्थ्य संगठनको भूमिकाबारे निरन्तर आ’लोचना गरिरहँदा र भाइरस चीनले बनाएको हुनसक्ने आरोप लगाइरहँदा डा टेड्रोसले भने, ‘के’भिड–१९ का कारण विश्वमा अझै ख’राब स्थिति आउन बाँकी छ, त्यसेबला विश्वले म’हामारीको नराम्रो रुप देख्नेछ ।’

मंगलबार जेनेभामा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा उनले विश्वमा २ देखि ३ प्रतिशत जनसंख्यामा मात्र यो भाइरसवि’रुद्ध ल’ड्ने प्र’तिरोधी क्षमता भएको दाबी गर्दै भा’इरसविरुद्धको खोप नबनेसम्म स्थिति सुधार नहुने बताएका छन् ।विश्वका सबै देशहरु लाई लकडाउन ह’टाउने निर्णयमा हतार नगर्न अपिल उनले भने, ‘यो अवस्था एकदमै ख’तरनाक अवस्था हो । अहिलेको अवस्था सन् १९१८ मा देखिएको फ्लु’को म’हामारीजस्तै हो, जुन फ्लु’ले विश्वमा ५ करोडभन्दा बढी मानिसको ज्यान लिएको थियो ।’ तर उनले अहिले प्रविधिको विकास धेरै अघि बढिसकेकाले यसको सहयोगबाटै विपत्तिबाट बच्न सकिने पनि बताए ।

‘हामीलाई विश्वास गर्नुहोस्, यस प्र’कोपलाई रो’क्न सबै अघि बढौं, किनकि यो यस्तो भाइरस हो, जुन मानिसहरुले अझै बुझिसकेका छैनन्,’ डा टेड्रोसले भने, ‘हामीले सुरुदेखि नै चे’तावनी दिँदै आएका छौँ कि यस्तो सैतानका वि’रुद्ध हामी सबै मिलेर ल’ड्नुपर्छ ।’

Leave A Reply

Your email address will not be published.