एकासी ह्वातै घट्यो अमेरिकी डलरको भाउ

0

काठमाडौं । आज चैत ५ गते बुधबार अमेरिकी डलरसहित धेरै देशको विनिमयदर ओरालो लागेको छ । नेपाल राष्ट्रबैकंले आजका लागी तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय १८ रुपैयाँ ४९ पैसा तथा बिक्रिदर १ सय १९ रुपैयाँ ९ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४३ रुपैयाँ ६४ पैसा र बिक्रिदर १ सय ४४ पैयाँ ३६ पैसा रहेको छ।

यूरोपियन यूरो एकको खरिददर १ सय ३० रुपैयाँ ६१ पैसा तथा बिक्रिदर १ सय ३१ रुपैयाँ २८ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३९ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ५६ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ २४ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ३७ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ५८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ७४ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३२ रुपैयाँ २६ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ४२ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ३ सय ८२ रुपैयाँ ६६ पैसा तथा बिक्रिदर ३ सय ८४ रुपैयाँ ६० पैसा रहेको छ।बहराईन दिनार एकको खरिददर ३ सय १३ रुपैयाँ ८० पैसा तथा बिक्रिदर ३ सय १५ रुपैयाँ ३९ पैसा रहेको छ।

Leave A Reply

Your email address will not be published.